― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsदेउवासँग गगनले भने- विशेष महाधिवेशनको विकल्प छैन – KhabarHost

देउवासँग गगनले भने- विशेष महाधिवेशनको विकल्प छैन – KhabarHost



११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  विधान अनुसार महाधिवेशन प्रतिनिधिले बोलाएको महाधिवेशनमा जानुपर्ने धारणा सभापति शेरबहादुर देउवासमक्ष राखेका छन् ।

सभापतिले नै विशेष महाधिवेशनको माग गर्दा पार्टीभित्र पक्ष/विपक्ष नहुने  हुँदा विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन् ।

महामन्त्री थापाको प्रतिउत्तरमा देउवाले अरु नेताहरूसँग छलफल गरेर निर्णय लिने बताएका थिए । आजै देउवाले पार्टीका सात पूर्वपदाधिकारीहरूसँग पनि छलफल गरेका थिए ।

पार्टीभित्र सहमति जुट्न नसके पछि पटक पटक केन्द्रीय समितिको बैठक सारिएको छ । शुक्रबारको  लागि बोलाइएको बैठक दुई दिन पर सारेर आइतबार बोलाइएको छ ।

महामन्त्री थापाले मंसिर २७ देखि विशेष महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए ।

महाधिवेशन चुनाव अघि गर्ने वा पछिबारे कांग्रेसमा सहमति जुट्न सकेको छैन । सहमतिका लागि ६ मंसिरदेखि केन्द्रीय समिति बैठक स्थगित गरिएपनि शीर्ष तहमा सहमति भएको छैन ।

सभापति देउवासँगको छलफलमा समेत आज सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक फेरि सारिएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More