― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsदूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी – KhabarHost

दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी – KhabarHost



२७ कात्तिक, दोधारा चाँदनी (कञ्चनपुर) । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।

कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बन्नुभएको छ । मजदुरी छोडेर मालिक बन्न रानाले धेरै मेहनत र सङ्घर्ष गर्नुपर्यो । विसं २०६८ देखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न सुरु गरेका उनी अहिले डेरी मालिक बन्न सफल भएका छन् ।

रानाले दुई लिटर दूधबाट व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँ दैनिक एक हजार ५०० लिटर दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ‘भारतमा मजदुरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालेँ’, रानाले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु ।’

सुरुआतमा साइकलमा दूध सङ्कलन गर्दै हिँड्ने रानाले आफूलाई स्थापित गर्न धेरै सङ्घर्ष गरे । त्यही लगन र परिश्रमले उनी राम्रो आम्दानीसँगै सफल व्यवसायी समेत बनेका छन् ।

गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन् । दूध बोक्न ६ जनालाई मासिक रु २० हजारदेखि रु २६ हजारसम्म तलब दिएर उनले कामदार राखेका छन् ।

‘दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी सङ्कलन हुन थाल्यो], उनले भने, ‘अहिले एक हजार ५०० लिटर दूध सङ्कलन हुन्छ ।’

यसै व्यवसायबाट रानाले करिब ९० लाख बराबरको सम्पत्तिसमेत जोडेका छन् । ‘दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाखसम्म आम्दानी हुने गरेको छ’, रानाले भने, ‘यसबाट म एकदमै खुसी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु ।’

पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन् । तर विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरु पनि थुप्रै छन् ।

विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा कडा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ । उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन् ।





Read More