― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
HomeLatest newsदुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी)ले आन्दोलनमा सहकार्य गर्ने

दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी)ले आन्दोलनमा सहकार्य गर्ने



१६ कात्तिक, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनले नेपाली कांग्रेस (बी.पी.) ले आन्दोलनमा सहकार्य गर्ने भएका छन् । आइतबार बिहान भक्तपुरको मध्यपुरठिमीस्थित प्रसाईंको घरमा दुई पक्षबीच सहकार्य सम्बन्धी ६ बुँदे सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाली कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनले दुर्गा प्रसाईं पक्षबाट सहकार्यको प्रस्ताव आएको र आफूहरु त्यसमा सहमत भएको बताए । ‘हामीले २०८३ सालदेखि आन्दोलन थाल्ने तयारीमा थियौं । तर दुर्गा प्रसाईंले मंसिर ६ गतेदेखि सुरु गर्ने आन्दोलनमै सहकार्य गरौं भनेर प्रस्ताव आयो र हामी त्यसमा सहमत भयौं,’ शेरचनले अनलाइनखबरसँग भने ।

सम्झौता पत्रमा राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने उल्लेख छ ।

सहमति अनुसार आगामी मंसिर ६ गतेदेखि सुरु हुने भनिएको देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुने छन् ।

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ ।

आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गर्ने पनि सहमति भएको छ ।

नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप जनजागरण आवश्यक रहेको भन्दै उनीहरुले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने जनाएका छन् ।

हेर्नुहोस् सम्झौता पत्रको मस्यौदा

नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीका प्रतिवादस्वरूप मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन्। राष्ट्र, धर्म र नागरिकको रक्षा तथा सुशासन र स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित सञ्चालन हुँदै आएको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान र नेपाली कांग्रेस (बी.पी.) बीच निम्न सहमति भएको छ ।

१. साझा उद्देश्य

राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्ने सहमति गरेका छन्।

२. आन्दोलनमा सहभागिता

आगामी मङ्सिर ६ गते देखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बी.पी.) का नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।

३. स्वतन्त्र प्रचार र पहिचान

आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचान सहित अभियानमा सहभागी हुने स्वतन्त्रता हुनेछ। यसले बी.पी. कांग्रेसको विचार र योगदानलाई अभियानभित्र सम्मानका साथ अभिव्यक्त गर्ने सुनिश्चितता गर्नेछ।

४. नेतृत्व र सह–समन्वय

आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ। बी.पी. कांग्रेसको तर्फबाट सहभागी टोलीलाई सभापतिको निर्देशनअनुसार तोकिएको जिम्मेवार व्यक्तिले नेतृत्व गर्नेछ, जसले महाअभियानसँग सह–समन्वय गर्नेछ।

५. नीति र मर्यादा

दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्र, धर्म र नागरिक सुरक्षाको सम्मान गर्दै कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति गरिएको छ।

६. प्रेस र जनसम्पर्क

दुवै पक्षले सहकार्य सम्झौता र आन्दोलनबारे संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन्।

हस्ताक्षरकर्ताहरू:

दुर्गा प्रसाईं अध्यक्ष, राष्ट्रियता धर्म संरक्षण र नागरिक बचाउ महाअभियान सभापति,

सुशिलमान शेरचननेपाली कांग्रेस (बी.पी.)

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More