― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsदुर्गा प्रसाईंको प्रदर्शन रोक्न खोजेको प्रशासनले एमालेलाई के गर्ला ?

दुर्गा प्रसाईंको प्रदर्शन रोक्न खोजेको प्रशासनले एमालेलाई के गर्ला ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दुर्गा प्रसाईं



२ कात्तिक, काठमाडौं । ५ मंसिरका लागि नेकपा एमालेले काठमाडौंमा गर्न लागेको प्रदर्शनको जोखिम विश्लेषण गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

७ मंसिरका लागि आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्थानीय प्रशासनले ५ मंसिरमा एमालेले गर्ने भनेको प्रदर्शनलाई के गर्ला भन्ने चासो छ ।

यसअघि २५ असोजमा नेकपा एमालेको युवा संघले काठमाडौंमा गर्न खोजेको मोटरसाइकल र्‍याली र सभालाई जिल्ला प्रशासन कार्यालयले रोक लगाएको थियो ।

एमालेले अहिले फेरि ‘नेसनल भोलेन्टियर फोर्स’को राष्ट्रिय भेला सुरू गर्नुअघि ५ मंसिरमा बिहान ११ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म मार्चपास गर्ने घोषणा गरेको छ ।

एमाले नेता–कार्यकर्ताहरुले सामाजिक सन्जालमा शेयर गरिरहेको प्रचार सामग्रीअनुसार मार्चपासका लागि नेता–कार्यकर्ताहरूलाई बबरमहलमा जम्मा हुन भनिएको छ । प्रचार सामग्रीमा राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

तर, एमालेले गर्ने भनिएको मार्चपासका लागि स्थानीय प्रशासनसँग सोमबारसम्म अनुमति लिएको छैन । काठमाडौंको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एमालेका तर्फबाट सोमबारसम्म अनुमतिका लागि कोही नआएको बताए ।

‘पाँच गते माइतीघर कि कता भनेर ब्यानर मैले पनि हरेको थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँहरू माइतीघरमा प्रदर्शन गर्ने भनेर अहिलेसम्म अनुमति लिन आउनुभएको छैन ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले एमालेले गर्ने भनेको प्रदर्शनको जोखिमको विश्लेषण भइरहेको पनि जानकारी दिए ।

‘जोखिमको पार्ट हेरेर हामीले विश्लेषण गरिरहेका छौँ । प्रहरी प्रशासनले त्यसको जोखिमको विश्लेषण गरेर हेर्छ,’ उनले भने ।





Read More