― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsदुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

दुबई एयर शो मा भारतीय लडाकू विमान तेजस दुर्घटनाग्रस्त, पाइलटको मृत्यु


राष्ट्रिय

समाचार.

  • दुबई एयर शोमा भारतीय वायु सेनाको तेजस फाइटर जेट परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको छ।
  • दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ।
  • दुर्घटनापछि तेजस विमानको सुरक्षा र प्रविधिमाथि गम्भीर प्रश्न उठेको छ।

५ मंसिर, काठमाडौं । दुबई एयर शो मा भारतीय वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको छ ।

यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत एक परीक्षण उडानमा भारतीय वायु सेनाको तेजस फाइटर जेट दुर्घटनाग्रस्त भएको हो ।

शुक्रबार दुबईको स्थानीय समय अनुसार २:१० बजे विमान दुर्घटना भएको समाचार संस्था एपीले जनाएको छ ।

हजारौं दर्शक दुबई एयर शो को अवलोकनका लागि जम्मा भएका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस परीक्षण उडानका क्रममा अचानक दुर्घटना भएको थियो ।

उडान भरेर शानदार मोड लिइरहेको लडाकू विमान के कारण दुर्घटना भयो भन्ने खुलेको छैन । दुर्घटनापछि जमिनमा खसेर विमानमा आगलागी भएको भिडियोमा सार्वजनिक भएको छ ।

दुर्घटनामा पाइलटको मृत्यु भएको भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जानकारी दिएको छ ।

दुबई एयर शो विश्वकै प्रमुख एभिएसन प्रदर्शनीमध्ये एक हो । विश्वभरका विभिन्न एयरलाइन्स र सैन्य उत्पादक कम्पनीले आफ्नो प्रविधि प्रदर्शन गर्न शो सहभागिता जनाउने गर्छन् ।

दुर्घटनापछि भारतीय वायु सेनाको विमान तेजसको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

हिन्दुस्तान एरोनोटिकल लिमिटेड (एचएएल) ले निर्माण गरेको विकास गरेको यो विमान ४.५ पीढीको हो, जसअनुसार विमानमा नविनतम प्रविधि प्रयोग गरिएको भन्ने बुझिन्छ ।

तेजस छोटो र हल्का विमान हो, जसले सुपसोनिक अर्थात् ध्वनीको गतिमा उडान भर्ने क्षमता राख्छ ।





Read More