― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsदुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाइते

दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाइते


प्रतीकात्मक तस्वीर



२४ पुस, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ तपाहा लाइनस्थित सडकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार दिउँसो लु.६१ प ५८७८ नम्बरको मोटरसाइकल र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल ठोक्किए दुर्घटनामा परेको हो ।

दुर्घटनामा लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका-१ सादभोद्र बस्ने २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका लु.६१ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार २ जना र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





Read More