― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
HomeLatest newsदुई प्रकृतिको कार्यतालिका बनाऔं – KhabarHost

दुई प्रकृतिको कार्यतालिका बनाऔं – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन्।
  • महतले फागुनमा चुनाव नभए फागुनमै महाधिवेशन र चुनाव भए बैशाखमा महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
  • चुनावअघि वा चुनावपछि दुई विचारका कारण महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन र केन्द्रीय समिति बैठक बोलाइएको छ।

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन् ।

प्रवक्ता महतले फागुनमा चुनाव हुन नसकेको अवस्थामा त्यसै महिना र फागुनमा चुनाव भएको अवस्थामा बैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

महतले शीर्ष तहका नेताहरूको छलफलमा दुईवटा मिति राखेर कार्यतालिका बनाउन उपयुक्त हुने धारणा राखेको अनलाइनखबरसँग बताए । महतले आफ्नो प्रस्तावमा दुई प्रकृतिको कार्यतालिका हुने बताए ।

फागुन वा बैशाख जुन मितिमा महाधिवेशन भएपनि क्रियाशील सदस्यताको काम भने पुस महिनाभित्र सक्ने गरी कार्यतालिका बनाउनुपर्ने बताए ।

‘फागुनको महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया सुरु गर्‍यौं भने पुससम्म पुग्दा चुनाव हुन सक्ने/नसक्ने संकेत देखिन्छ,’ महतले अनलाइनखबरसँग भने, ‘फागुनमा चुनाव हुन नसके त्यही महिना गरौं । फागुनमा चुनाव भए बैशाखमा महाधिवशेन गरौं ।’

कार्यतालिका पछि परिवर्तन हुने गरी अहिले निर्णय गर्न नहुने उनले बताए । अहिले कार्यतालिका ल्याउन निर्णय गरिहाल्ने र गर्दागर्दै सकिएन भनेर पछि कार्यतालिका परिवर्तन गर्न नहुने उनको जोड छ ।

चुनावअघि वा चुनावपछि दुई विचारका कारणले महाधिवेशनको कार्यतालिकामा टुंगो लाग्न सकेको छैन । शनिबारदेखि शीर्ष नेताहरूको बैठक बसेपनि महाधिवेशनको कार्यतालिका पेश गर्ने विषयमा सहमति जुट्न सकेन । केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ ।





Read More