― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsदुई क्षेत्रमा एकल, प्रचण्डका ज्वाइँ ६ नम्बर क्षेत्रबाट – KhabarHost

दुई क्षेत्रमा एकल, प्रचण्डका ज्वाइँ ६ नम्बर क्षेत्रबाट – KhabarHost



९ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले मोरङका दुई क्षेत्रबाट एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्र नम्बर ४ र ५ बाट एकल उम्मेदवारको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ६ बाट संयोजक पुष्पकमल दाहल प्रचण्डका ज्वाइँ जीवन आचार्यको नाम पनि सिफारिस भएको छ । केन्द्रीय समितिले एक महिला र एक जेनजीसहित पाँच जनाको नाम सिफारिस परिपत्र गरेको थियो ।

क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीको एकल नाम सिफारिस भएको हो । पूर्वमन्त्री मोदी २०७९ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोदीको नाम क्षेत्र नम्बर ६ बाट पनि सिफारिस भएको छ । क्षेत्र नम्बर ५ बाट शिवकुमार मण्डलको एकल नाम सिफारिस भएको छ । पूर्वमन्त्री मण्डल २०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र सांसद योगेन्द्र मण्डलसँग पराजित भएका थिए ।

क्षेत्र नम्बर ६ बाट प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री जीवन आचार्यसहित अमनलाल मोदी,वसिम आलम, ओपेन्द्र राय, प्रभात घिमिरे, हेम कार्की, सोनेलाल राजवंशी, मो. आलम प्रवेज, अंकिता आले र साइमन रेग्मीको नाम सिफारिस भएको छ । आले जेनजी हुन् । क्षेत्र नम्बर ६(१)बाट निर्वाचित नेकपा नेता आचार्य नेकपा संयोजक प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ क्षेत्र कुलप्रसाद साम्बा,उपेन्द्र घिमिरे, रुपेश खतिवडा, कोशीश सुवेदी (जेनजी), कल्पना राई, विरन्द्र चेञ्जोड, नगेन्द्र धिमाल, राजेन्द्र दंगाल र दिपक काफ्लेको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर २ बाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी) को नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ सावित्रीकुमार काफ्ले, देउमान सुव्बाहाङ्फे, चन्द्रबहादुर गुरुङ, लालबहादुर सुस्लिङ, सन्तोष लिम्बु (जेनजी)र चन्द्रकला सुब्बाको नाम सिफारिस भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More