― Advertisement ―

MacBook Air M5 ‘विजेता डिजाइन, करीव-प्रो-लेभल कार्यसम्पादन, र ब्याट्री लाइफ’ को उत्कृष्ट मिश्रण हो – रेकर्ड-कम मूल्यमा 15-इन्च मोडेल प्राप्त गर्नुहोस्।

Apple को सबै नयाँ MacBook Air M5 गत महिना भर्खरै जारी गरिएको थियो, र data-url="https://www.techradar.com/tag/amazon" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/amazon">Amazon सँग पहिले नै धेरै असन्तुष्टि...
Homeअन्तर्राष्ट्रियदिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै

दिल्लीमा क्लाउड सिडिङपछि पनि परेन पानी, वायु प्रदूषण उस्तै


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि दुई पटक क्लाउड सिडिङ गर्यो तर वर्षा नहुँदा प्रयास असफल रह्यो।
  • आईआईटी कानपुरसँग मिलेर गरिएको क्लाउड सिडिङमा सिल्वर आयोडाइड लगायत रसायन विमानबाट बादलमा छरिएका थिए।
  • आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले क्लाउड सिडिङबाट डेटा संकलनमा सहयोग भएको र भविष्यमा प्रभावकारी बनाउन सकिने बताए।

१२ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउन गरिएको क्लाउड सिडिङ असफल भएको छ ।

वायु प्रदूषण हटाउन भन्दै दिल्ली सरकारले राज्यका विभिन्न क्षेत्रमा कृत्रिम वर्षा गराउन क्लाउड सिडिङ गरिएको जनाएको थियो । तर, क्लाउड सिडिङ गरिएपनि वर्षा नभएको र वायु प्रदुषण उस्तै रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छन् ।

डी डब्लू हिन्दीका अनुसार राजधानी दिल्लीका अधिकांश क्षेत्रमा बुधबार बिहान पनि हावाको गुणस्तर स्तर निकै खराब दर्ज गरिएको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रमा हावाको गुणस्तर इन्डेक्स (एक्यूआई) ३०० भन्दा माथि रहेको जनाएको छ, जुन निकै खराब श्रेणी हो ।

यस्तै इन्डिया गेट र नेहरू नगर लगायतका क्षेत्रमा पनि एक्यूआई ३०० भन्दा केही मात्रै कम थियो, जुन खराबको श्रेणीमा पर्दछ ।

दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न मंगलबार दुई पटक क्लाउड सिडिङ गरियो ।

दिल्लीका पर्यावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले आईआईटी कानपुरको टीमसँग मिलेर क्लाउड सिडिङ गरिएको र केही घण्टामा वर्षा हुने दाबी गरेका थिए ।

तर, पछिल्लो जानकारी अनुसार क्लाउड सिडिङपछि पनि दिल्लीसहित आसपासका कुनै पनि क्षेत्रमा वर्षा भएको छैन ।

दिल्ली सरकारले आईआईटी कानपुरसँग मिलेर क्लाउड सिडिङको परीक्षण गरेको  हो ।

आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले इन्डिया टूडेसँग भनेका छन्, ‘भलै क्लाउड सिडिङ पछि वर्षा भएन, तर यसबाट हामीलाई डेटा संकलनमा सहयोग भयो, जसले भविष्यमा क्लाउड सिडिङलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ ।’

आईआईटी कानपुरले क्लाउड सिडिङका लागि आठ वटा फ्लेयर प्रयोग गरेको थियोे । जसले दुईदेखि अढाइ मिनेटसम्म काम गर्ने भनिएको थियो ।

प्रत्येक फ्लेयर करिब दुईदेखि अढाइ किलोसम्म तौलको हुन्छ र यसबाट सिल्वर आयोडाइड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड जस्ता रसायन विशेष विमानमार्फत् बादलमा छरिएका थिए ।

रसायनहरूको प्रयोग गरेर कृत्रिम वर्षा गराउने प्रक्रियालाई क्लाउड सिडिङ भनिन्छ । यसमा सिल्वर आयोडाइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड जस्ता रासायनिक पदार्थ विमान वा ड्रोनमार्फत् बादलमा छरिन्छन् ।

यी पदार्थले बादलभित्रको स–साना पानीका कण आपसमा जोड्ने र बरफका टुक्रा बन्ने प्रक्रिया तीव्र पार्छन्, जसले गर्दा अन्तत: वर्षा हुन्छ ।

यो प्रविधिको विकास सन् १९४० तिर अमेरिकी वैज्ञानिक भिन्सेन्ट जे. शेफरले गरेका थिए । हाल अमेरिकादेखि चीन र संयुक्त अरब इमिरेट्स लगायत विभिन्न देशले प्रदूषण नियन्त्रण र पानी अभाव समाधानका लागि यसको प्रयोग गर्दै आएका छन् ।

दिल्लीमा पनि यही प्रविधिबाट प्रदूषण घटाउने प्रयास गरिएको भएपनि त्यो सफल भएन ।





Read More