― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsदाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द – KhabarHost

दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द – KhabarHost



१६ पुस, काठमाडौं । दाङमा मा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।

शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।

पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको जनाएका छन् । सूचनाअनुसार पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको हो ।

अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

जाडो बढेपछि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेनाले आगो ताप्न दाउरा बाँडेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More