― Advertisement ―

HomeLatest newsदाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु – KhabarHost

दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु – KhabarHost


राष्ट्रिय

समाचार.

  • दाङमा पिकअप भ्यानको ठक्करबाट तुलसीपुर–१७ का २६ वर्षीय केदार केसीको मृत्यु भएको छ।
  • घोराही–तुलसीपुर खण्डअन्तर्गत नारायणपुर नजिकै भएको दुर्घटनामा केसी सवार मोटरसाइकललाई पिकअपले ठक्कर दिएको थियो।
  • ठक्कर दिने पिकअप चालकसहित सवारी नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

१३ मंसिर, दाङ । दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार मृतको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More