― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsदाङका तीन वटै क्षेत्रमा कस्तो छ निर्वाचन सुरक्षा योजना ?

दाङका तीन वटै क्षेत्रमा कस्तो छ निर्वाचन सुरक्षा योजना ?


राष्ट्रिय

समाचार.

  • सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङका तीन क्षेत्रहरूमा ५ हजार १७७ सुरक्षा जनशक्ति परिचालन गर्ने योजना बनाएको छ।
  • दाङ–१ क्षेत्र खुला सीमा र भौगोलिक बिकटताका कारण मतपत्र र मतपेटिका हवाई मार्गबाट ल्याउने सुरक्षा योजना बनाइएको छ।
  • दाङ–२ मा अराजक गतिविधि र साइबर सुरक्षा चुनौती मानिएपछि सुरक्षा निकायले संवेदनशील भएर निर्वाचन सुरक्षा व्यवस्था गरेको छ।

५ माघ, दाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले दाङका तीन वटै क्षेत्रमा सुरक्षा योजना बनाएको छ । निर्वाचनमा दाङ जिल्लाभर ५ हजार १७७ सुरक्षा जनशक्ति परिचालन गरिने भएको छ ।

नेपाली सेना ६०९, सशस्त्र प्रहरी ४६९, नेपाल प्रहरी १ हजार ३१८, निर्वाचन प्रहरी २ हजार ४१५ र निर्वाचन प्रहरी सशस्त्रतर्फ ३०३ जना परिचालन गरिने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा विशेष सुरक्षा जनशक्ति परिचालन गर्ने तयारी भएको उनले बताए ।

दाङ भारतीय सीमासँग जोडिएको र बिकट दुर्गम पहाडी भौगोलिक क्षेत्र पर्ने भएकाले निर्वाचन सुरक्षा व्यवस्था र योजना भौगोलिक अवस्थाअनुुसार तयार पारिएको जिल्ला कमान्ड पोस्ट तथा निर्वाचन सेलका संयोजक समेत रहेका प्रजिअ अर्यालले जानकारी दिए ।

उनका अनुसार सुरक्षा संवेदनशिलताको आधारमा दाङमा १५९ मतदान स्थलमध्ये ९ मतदानस्थल अति संवेदनशील, १३४ संवेदनशील र १६ सामान्य स्थलका रूपमा वर्गीकरण गरिएको छ ।

क्षेत्र नम्बर १ : खुला सीमा र भौगोलिक बिकटता

दाङ–१ मा लमही नगरपालिका र राप्ती गाउँपालिका ९÷९, राजपुर ७, गढवा ८ र घोराही उपमहानगरपालिका ४ वटा वडा पर्छन् । जसमा सबैभन्दा धेरै दुर्गम र खुला सीमा राजपुर गाउँपालिका १, ६ र ७ नम्बर वडा पर्छन् ।

गढवा गाउँपालिका–२ र ८ खुला सीमा र भौगोलिक रूपमा बिकट नै मानिन्छ । निर्वाचन क्षेत्र नम्बर १ खुला सीमा र भौगोलिक बिकटता निर्वाचन सुरक्षाका लागि चुनौती रहेको सुरक्षा संयन्त्रको आकलन छ ।

रापुर–१ मा गुरुङ, सिरिया, सुकौली बटौली, वडा नम्बर ७ भैसाही, सुनपत्री, डगरा, चिउरे, मृगिया नाका पर्छन् । यो क्षेत्र भौगोलिक रूपमा पनि बिकट मानिन्छ । जहाँ कतै कच्ची सडक त कतै ट्र्याक मात्रै खुलेका छन् ।

खुुला सीमा र सडक सञ्जाल नभएका कारण दाङ–१ लागि मतपत्र र मतपेटिक ल्याउन–लैजान हवाई मार्ग प्रयोग गर्ने गरी सुरक्षा व्यवस्था सहितको योजना तय भएको छ । खुला सिमानाका कारण भारतीय नागरिक प्रवेश गर्नसक्ने र अप्रिय घटना निम्त्याउन सक्ने आकलन गर्दै सीमा सुरक्षामा पनि विशेष योजना र जनशक्ति व्यवस्थापन सहितको योजना बनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

क्षेत्र नम्बर २ : अराजक गतिविधि

दाङ–२ मा घोराही, तुलसीपुर उपमहानगरपालिकाका १९ र बंगलाचुली गाउँपालिकाका ८ वटा वडा गरी २७ वटा वडा रहेका छन् । घोराही र तुलसीपुर शहरी क्षेत्र र बंगलाचुुली गाउँपालिका पहाडी क्षेत्र रहेकाले यहाँ निर्वाचनका क्रममा अराजक गतिविधि हुनसक्ने आकलन सुरक्षा निकायको छ ।

प्रमुख जिल्ला अधिकारी अर्याल भन्छन्, ‘साइबर सुरक्षा र अराजकता दाङ–२ का लागि चुनौती मानिएको छ ।’ शहर केन्द्रित जमात र सँगै जोडिएको पहाडी भूगोलमा केही अराजक गतिविधि हुनसक्ने अनुमान रहेको उनको भनाइ छ ।

‘हामीले दाङ–२ लाई हामीले निर्वाचन सुरक्षाका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिएका छौं,’ उनले भने ।

दाङ–२ विगतदेखि नै हेभिवेट नेताहरूको निर्वाचन क्षेत्र रहेकाले प्रतिस्पर्धा स्वच्छ बनाउन सुरक्षा निकाय संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।

क्षेत्र नम्बर ३ : सडक सञ्जालको अभाव

दाङ–३ मा तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर र दंगिशरण गाउँपालिका रहेका छन् । तुलसीपुर बाहेक अन्य तीन पालिका दुुर्गम नै छन् । सबैभन्दा दुर्गम बबई गाउँपालिकाका–१ गंगटे र सिमलकुना अति विकट र अति संवेदनशील क्षेत्रमा पर्छन् ।

त्यस्तै, शान्तिनगर गाउँपालिका–१ बाघखोर पनि अति बिकट क्षेत्रमा पर्छ । जहाँ कच्ची सडकको टङ्याक मात्रै खुलेका छन् ।

सडक असुविधा र भौगोलिक रूपमा दुर्गम यी ठाउँमा विशेष सुरक्षा प्रदान गरी निर्वाचन सम्पन्न गर्न आवश्यक योजना बनाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

सडक मर्मत र मतपेटिक ल्याउन आवश्यक हवाई यातायातको व्यवस्थासमेत सुरक्षा योजनामा समावेश गरिएको उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More