― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsदाउन्नेमा सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध – KhabarHost

दाउन्नेमा सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध – KhabarHost



१४ माघ, काठमाडौं । नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ ।  नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा वर्षाका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो । निर्माणाधीन सडकमा सामान्य वर्षापछि माटो हिलो हुने हुँदा सवारीसाधनलाई दाउन्नेको उकालोमा उक्लिन समस्या भएको छ ।

दाउन्नेको घिउ खोलामा ढलान र विश्वकर्मा मन्दिर क्षेत्रमा कल्भर्ट निर्माणको काम चलिरहेको छ । वर्षाका कारण सो क्षेत्रमा सडक चिप्लो र हिलो हुँदा अहिले करिब दुई सय सवारीसाधन जाममा फसेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी कुशल बर्तौलाका अनुसार अहिले सडक मर्मत गर्दै एकतर्फी सवारी सञ्चालन गरिएको छ । तर लामो जामको कारण सडकको अवस्था बुझेर मात्रै यात्रामा निस्कन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More