― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest news‘दल दर्ताले नै देशको माहोल चुनावमय भयो भन्ने देखिइसक्यो’

‘दल दर्ताले नै देशको माहोल चुनावमय भयो भन्ने देखिइसक्यो’



प्रतिनिधिसभा चुनाव आउन अब ९९ सय दिन मात्र बाँकी छ । निर्वाचन हुने समयको अब उल्टो गणना सुरु भइसकेको अवस्थामा अझै पनि चुनाव हुने कि नहुने संशय व्याप्त छन् । तर मुख्य राजनीतिक दलहरूले चुनावमा जाने निर्णय गर्दै दल दर्ता गराएपछि सरकारको पनि चुनाव गराउने आत्मविश्वास बढेको छ । यसै सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी  :

निर्वाचनको लागि अब सय दिनभन्दा कम समय छ । धेरै दलले चुनावका लागि दल दर्ता गरिसिकेका छन् । के अब चुनाव हुन्छ कि हुँदैन भन्ने संशय हटेको हो ? चुनावी प्रक्रिया कसरी अघि बढ्छ ?

दल दर्ताले नै देखाइसक्यो कि अब लगभग सबैजसो मुख्य मुख्य राजनीतिक शक्तिहरू चुनावमा सहभागी हुँदैछन् । पछिल्लो समय एमालेले के गर्छ भन्ने थियो, एमालेले पनि दल दर्ता गर्‍यो । सँगसँगै अहिले प्रतिनिधि सभाको चुनाव हुनुभन्दा अगाडि नै राष्ट्रिय सभाका १९ वटा सिटहरूमा  पनि चुनाव हुँदैछ ।

यसको अर्थ अब सबै माहोल चुनावमय नै छ । माहोल चुनावमय हुँदै गएपछि पछि अरू बाँकी कुराहरू पनि नर्मलाइज हुँदै जान्छन् भन्ने पनि छ ।

कतिपय अवस्थामा द्वन्द्व दोहोरिने हो कि, अशान्ति फैलिने हो कि, राजनीतिक भन्दा पनि अराजनीतिक क्रियाकलाप बढी हुने हुन् कि भन्ने पनि छ । तर  जब चुनावको माहोल बन्दै गरेपछि सबैलाई राजनीतिक माहोल नै बनाउनको लागि लाग्छन् । जनतालाई रिझाएर, भोटको माध्यमबाट नै चाहिँ आफैं प्रतिनिधिमूलक तरिकाबाटै आफूलाई लागेका विषयवस्तुहरूलाई वैधानिक ढङ्गबाट समाधान दिन सकिन्छ भन्ने सबैलाई लाग्छ ।

यो बीचमा खास गरेर संवैधानिक प्रक्रियाभन्दा पनि बाहिरबाट सिस्टमलाई डिरेल्ड गरेर केही लिइहाल्ने अथवा एकले अर्कालाई प्रतिशोध लिने खालका गतिविधिहरू पनि देखिइरहेको अवस्था थियो । अब चुनावको महोल बढ्दै जाँदा यी सबै कुराहरू कम हुँदै राजनीतिक प्रक्रिया नै धेरै अघि बढ्छन् ।

अहिले जहाँ गए पनि मान्छेहरू सुरक्षाको एकदमै चिन्ता  गर्छन् । सुरक्षाको चिन्ता भइसकेपछि अब सुरक्षित हुने कसरी भन्दा मान्छेले यही फेरि संवैधानिक, राजनीतिक गतिविधिहरूलाई बढाएर शान्तिपूर्ण तरिकाले अगाडि बढ्ने भन्ने बुझ्छन् ।

दलहरूले चुनावका लागि सुरक्षाकै बढ्ता चिन्ता गरेका छन् । तर  राजनीतिक दलहरूले गरेका गतिविधिमा कतै कतै अवरोध भइरहेको छ नि यसलाई सरकारले कसरी लिएको छ ?

सरकारले अब राजनीतिक रूपमा कसैलाई पनि विभेद गर्न मिल्दैन। सबैलाई बराबर  गतिविधि गर्ने अवसर दिन्छ । सबैको सुरक्षा पनि गर्नुपर्छ । फेरि कसैलाई पनि हिंसात्मक गतिविधिमा लाग्ने छुट छैन । राजनीतिक कोर्षमा गइसकेपछि नयाँ, पुराना, जेनजी, नन–जेनजी सबैलाई एउटै कुरा लागु हुन्छ ।

हामी शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रतिबद्ध छौं । यो बीचमा  हतियार, कैदीहरूको विषयवस्तु पनि निकै उठ्यो  । तर अहिले हतियार रिकभरीको अवस्था पनि इम्प्रुभ भइरहेको छ । अहिले कैदीबन्दीहरू फर्किने क्रम पनि बढ्दो छ । धेरै हतियार त प्राप्त नै भइसक्यो । अरू प्राप्त हुन बाँकीमध्ये पनि कुनै कुनै चाहिँ कम घातक खालका छन् । अब एकदमै बढी घातक भनेको अलि थोरै नै छ ।

त्यसकारणले यसलाई धेरै ठूलो विषय बनाउनु पनि हुँदैन । मैले यकिन संख्या भन्न नमिले पनि, हतियारहरू जति रिकभर हुन बाँकी छ, कम घातकको संख्या अलि बढी छ, बढी घातकको चाहिँ कम छन् ।

निर्वाचन सुरक्षाको लागि चाहिँ म्यादी प्रहरी पनि भर्ना गर्ने तयारी भइरहेको छ । तर म्यादी भर्नामा जेनजी आन्दोलनकारीहरूकै समूह प्रवेश गर्ने र त्यसलाई आफूहरूलाई समस्या पार्न सक्ने आशंका कतिपय दलहरूले व्यक्त गरेका छन् म्यादी भर्ना गर्दाखेरि व्यक्तिहरूको स्क्रिनिङ कसरी गरिन्छ ?

त्यस्तो प्रवृत्ति होला जस्तो मलाई लाग्दैन हैन । त्यतातर्फ हामीले सोचेका छैनौं । यो अलिक बढी आशंकाको कुरा मात्र भयो । आशंका अलिक समस्या नै भयो भने त्यो बेला सोच्ने कुरा हो ।

दुर्गा प्रसाईँ लगायतका व्यक्तिले सुरक्षा भड्काउने खालका अभिव्यक्ति दिएका छन् । योबीचमा सरकारले पक्राउ गर्‍यो । र उनी अहिले छुटेका छन् । चुनावको सुरक्षा र सुरक्षाकर्मीलाई धम्क्याउने खालको भाषा बोल्ने काम त उहाँले गरिराख्नु भएको छ । यो विषयलाई चाहीँ सरकारले अझै कसरी हेरिरहेको छ ?

म अहिले त्यो विवादतर्फ लाग्दिनँ । जे भएपनि उहाँको समूह चाहिँ वार्तामा आएको हो। उहाँ वार्ताकै क्रममा हुनुहुन्छ । वार्ताबाटै समाधान खोज्छु भन्नुभएको छ । उहाँले पनि देशलाई अहित हुने, देशलाई क्षति हुने, देश द्वन्द्वमा जाने कामहरू हुँदैन  भन्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ ।

त्यसकारण उहाँका राजनीतिक गतिविधिलाई ठाउँ दिनुपर्छ । उहाँका राजनीतिक मुद्दाहरू छन्। राजनीतिक मुद्दालाई शान्तिपूर्ण रूपमा अहिंसात्मक तरिकाले अगाडि बढाउँछु भनेर उहाँले पब्लिकमा स्टेटमेन्ट दिनुभएको छ । पछिल्लो स्टेटमेन्ट जे हो, अहिले सरकारले त्यसैलाई आधार मान्छ। त्यसकारणले उहाँको सम्बन्धमा एग्रेसिभ प्रश्न अहिले नगर्दा उचित हुन्छ । किनभन्दा उहाँले भनेको पछिल्लो कुरालाई हामीले आधार मान्नुपर्छ ।

अब सरकारले चुनावसम्बन्धी विषयलाई सम्बोधन गर्न के–के अध्यादेश ल्याउँदैछ ?

मतदाता नामावली अपडेट गर्ने सम्बन्धी अध्यादेश हामीले ल्याएका थियौं । त्यसले धेरै संख्यामा उत्साहजनक रुपमा मतदाताहरू थपिएका छन् । जेनजी पुस्ताकै मतदाता थपिएका छन् ।

अब अर्को चाहिँ हामीले देशबाहिरबाटै पनि भोट हाल्न पाउने कुरासँग सम्बन्धित र आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्तबाट पनि भोट हाल्न पाउने कुराको सम्बन्धमा अहिले कानुन मस्यौदा भएर गएको छ । त्यो कानुन मन्त्रालयमा अहिले विचाराधीन छ। त्यो पनि अब आउने तयारी छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा पुगेर अड्केको छ । अब सय दिन पनि बाँकी छैन अहिले संवैधानिक नियुक्तिको जरुरत किन पर्‍यो ? नियुक्ति नगरीकन चुनावी काम अघि बढाउन नसक्ने अवस्था हो र ?

चुनावका कामलाई नै सहज हुन्छ भनेर सरकारले अध्यादेश सिफारिस गरेको हो । यो अहिले समान्य समय भन्दा फरक खालको चुनाव भएकाले चुनावमा केही नयाँपन र केही नयाँ थालनीहरू पनि गरौं भन्ने छ । त्यसका लागि इनिसिएसन लिने खालका अरु व्यक्तिहरू पनि जोडिँदा राम्रो हुन्छ भन्ने सरकारले ठानेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More