― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsदल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ – KhabarHost

दल दर्ताको होडबाजीले जेनजी आन्दोलनको लक्ष्य तुहिन्छ – KhabarHost



१ मंसिर, काठमाडौं । शिक्षा विज्ञा तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी अगुवाहरु नै दल दर्ताको होडबाजीमा लागेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनपछि जेनजी अगुवाहरुले नै छुट्टाछुट्टै दल दर्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

मन्त्री पुनले सोमबार सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने बताएका हुन् ।

उनले जेनजीहरूले आफ्नो खाल्डो आफैं खन्न लागेको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले लेखेका छन्, ‘हेर्नुहोस १२३ दल दर्ता भैसके र ३२ दल दर्ता हुने प्रकृयामा रे यिनीहरूले आफूलाई पुर्ने खाल्डो आफैं खन्दैछन् ।’

उनले जेनजीहरुको यो तालले पुन: पुरानै राजनीतिक दल र नेताहरुकै शासन फर्किने टिप्पणी गर्दै जेनजी आन्दोलनको लक्ष्य तुहिने बताएका छन् ।

‘यस्तै ताल हो भने नेपालमा वृद्ध नेताहरुको संरक्षणमा खाई पल्केका जाली फटाहा नेताहरुको र आसेपासेहरुको शासन फेरि फर्किन्छ’, उनले लेखेका छन्, ‘जेन-जी आन्दोलनको लक्ष्य तुहिएर जान्छ र अहिलेको मन्त्री मण्डलले गरेको राम्रो र सकारात्मक कामहरु र निर्णयहरु पुरानै पापी भ्रष्टाचारी पार्टीहरु फेरि निर्वाचित भएर आए भने उलट्‌याउँछन् ।’

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म जम्मा १२३ दल दर्ता भएका छन् भने ३२ प्रक्रियामा रहेका छन् । नयाँ दर्ता हुनेमा केही दलहरु जेनजी अगुवाहरुले नेतृत्व गरेका दलहरु हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More