― Advertisement ―

Segway Navimow CEO किन यो यसको रोबोट ल्यान घाँस काट्ने मा ‘विशेषताहरूमा मात्र ढाल’ हुने छैन।

आजका रोबोट ल्यान घाँस काट्नेहरू पहिलेभन्दा धेरै सक्षम छन्। मैले CES 2026 मा धेरैजसो ब्रान्डका नयाँ मोडलहरू हेरेको थिएँ, र त्यहाँ पक्कै पनि केही...
HomeLatest newsदलितप्रति अनुदार ठूला दल – KhabarHost

दलितप्रति अनुदार ठूला दल – KhabarHost



७ माघ, काठमाडौं । राजनीतिक दलहरू मुलुकको नेतृत्व गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरूले उम्मेदवार चयनमा जनसांख्यिक बनोटलाई उचित ध्यान दिन सकेको भेटिएन ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा नयाँदेखि पुराना दलहरूले जनसांख्यिक बनोटलाई ध्यान नदिने पुरानै प्रवृत्ति दोहोर्‍याएका छन् ।

महिला आकांक्षीप्रति उदार हुन नसकेका दलहरू कूल जनसंख्याको १३ प्रतिशत संख्या ओगटेको दलित समुदायप्रति झनै अनुदार देखिएका छन् ।

परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि १६५ क्षेत्रमा एक जना मात्र दलित उम्मेदवार उठाएको छ ।

कांग्रेसको १४औं महाधिवेशनका क्रियाशील सदस्यहरूको संख्यामध्ये दलित समुदायको प्रतिनिधित्व ५ दशमलव १८ प्रतिशत छ । तर पार्टीले प्रत्यक्षतर्फ दलित समुदायबाट देशभरमै एक जना मात्रै उम्मेदवार बनाएको छ ।

कांग्रेसले बझाङका प्रकाश रसाइली ‘स्नेही’लाई दलित समुदायबाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको हो । कांग्रेसका सहमहामन्त्री रसाइलीले मंगलबार मनोनयन दर्ता गरेका छन् ।

उनी विशेष महाधिवेशनबाट सहमहामन्त्रीमा चयन भएका हुन् । १४औं महाधिवेशनमा रसाइली केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

रसाइली उम्मेदवार रहेको जिल्ला बझाङबाट गत निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी २८ हजार ४१३ मतका साथ निर्वाचित भएका थिए । तत्कालीन निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सघाएका थिए ।

उक्त निर्वाचनमा एमाले उम्मेदवार ऐनबहादुर महरले २७ हजार ४१२ मत पाएका थिए । उनलाई एमालेले यसपालि पनि दोहोर्‍याएर उम्मेदवार बनाएको छ ।

वामपन्थी दलहरू मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेशी आदिको अधिकारका लागि संघर्ष गरिरहेको दाबी गर्छन् ।

देशको सबैभन्दा ठूलो वामपन्थी विचारधारा बोक्ने दल नेकपा एमालेले आसन्न निर्वाचनका लागि तीन जनालाई मात्रै उम्मेदवार बनाएको छ ।

उनीहरू शोषित वर्ग मानिने वर्ग–समुदायमा राज्यसत्ताबाट पछाडि पारिएकाहरूको हक–अधिकारको कुरा गर्न कुनै धक मान्दैनन् । तर तिनै वामपन्थी दलहरू यसपालि पनि दलित समुदायप्रति उदार देखिन सकेनन् ।

देशको सबैभन्दा ठूलो वामपन्थी विचारधारा बोक्ने दल नेकपा एमालेले आसन्न निर्वाचनका लागि तीन जनालाई मात्रै उम्मेदवार बनाएको छ । एमालेले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चक्र स्नेहीलाई टिकट दिएको छ ।

यस्तै, एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट पाउने दलित समुदायका नेतामा विमला विक र दलबहादुर सुनार रहेका छन् । एमालेले विकलाई बर्दिया–२ र सुनारलाई बाँके–३ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

गत निर्वाचनमा स्नेही उम्मेदवार रहेको डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा २५ हजार ५३४ मतसहित विजयी भएका थिए । दोस्रो भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल ७ हजार ५३५ मतसहित तेस्रो भएका थिए । यहाँ एमालेले उम्मेदवारी दिएको थिएन ।

एमाले नेतृ विक उम्मेदवार रहेको बर्दिया–२ बाट गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तत्कालीन माओवादीका उम्मेदवार सुरेश पन्थ २६ हजार ३८४ मत ल्याएर दोस्रो हुँदा विकको पार्टी एमालेले अघि सारेका उम्मेदवार पंकजसिंह राठौर १६ हजार ९० मतसहित तेस्रो बनेका थिए ।

एमालेले दलित समुदायबाट उम्मेदवार बनाएका सुनारको क्षेत्र बाँके–३ बाट गत निर्वाचनमा राप्रपाका धवलशमशेर राणा २९ हजार ५७७ मतका साथ निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्व मोहम्मद इश्तियाक राई (तत्कालीन जसपा नेपाल)ले २३ हजार ५२० मत पाएका थिए । यहाँ कांग्रेसका सुदीप नरसिंह राणा ४ हजार ४०३ मतसहित तेस्रो भएका थिए । यो क्षेत्रमा एमालेको उम्मेदवार थिएन ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा वर्गीय अधिकारका कुरा चर्कै उठाएको माओवादीका तत्कालीन ‘सुप्रिमो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि दलित समुदायबाट दुई जनालाई मात्रै उम्मेदवार बनाएको छ ।

दुई वामपन्थी विचारधारा बोकेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित दलहरू मिलेर बनेको नेकपाले कञ्चनपुर–३ बाट मानबहादुर सुनार र स्याङ्जा–२ बाट पदम विश्वकर्मालाई उम्मेदवार बनाएको हो ।

पुराना दलहरूले मुलुकमा जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै वैकल्पिक शक्तिका रूपमा उदाएका नयाँ दलहरू पनि उम्मेदवार छनोटमा जनसांख्यिक बनोटलाई ध्यान दिन चुकेका छन् ।

प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पुराना दलहरूका कमी–कमजोरी औंल्याएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १६५ निर्वाचनक्षेत्रमध्ये दलित समुदायबाट एक जनालाई मात्रै उम्मेदवार बनाएको छ ।

रास्वपाले बाँके–३ बाट खगेन्द्र सुनारलाई टिकट दिएको हो । उनी हाम्रो पार्टी नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरेर राजनीतिमा होमिएका थिए । सुनार केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।

सुनार उम्मेदवार रहेको बाँके–३ मा गत निर्वाचनमा कांग्रेसका किशोरसिंह राठोर २९ हजार ९७ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार किस्मतकुमार कक्षपतीले २४ हजार ३०५ मत पाएका थिए । यो क्षेत्रमा रास्वपा उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४६७ मत पाएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More