― Advertisement ―

HomeLatest newsदयाहाङ राई- प्रकाश सपुत स्टारर ‘मिरमिरे’ को मध्यपूर्व प्रदर्शन तय

दयाहाङ राई- प्रकाश सपुत स्टारर ‘मिरमिरे’ को मध्यपूर्व प्रदर्शन तय


राष्ट्रिय

समाचार.

  • दयाहाङ राई र प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ को अन्तराष्ट्रिय वितरण अधिकार मध्यपूर्व र केही एसियाली मुलुकमा बिक्री भएको छ।
  • निर्देशक यम शेर्पाले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको जानकारी दिनुभयो।
  • फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ र देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

काठमाडौं । दयाहाङ राई, प्रकाश सपुत स्टारर फिल्म ‘मिरमिरे’ को अन्तराष्ट्रिय वितरण अधिकार बिक्री सुरु भएको छ । मध्यपूर्व र केही एसियाली मुलुकमा राइट विक्री भएको छ ।

युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको निर्देशक यम शेर्पाले जानकारी दिए । यी सबै देशको वितरण अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ ।

फिल्ममा सिर्जना निङलेखुको पनि शीर्ष अभिनय छ ।

यो फिल्म १ माघदेखि प्रदर्शन तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिचरमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल पनि छन् ।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुवँर छन् ।

कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More