― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsददि सापकोटाको अर्को कृति ‘ज्ञानिका’ लोकार्पण – KhabarHost

ददि सापकोटाको अर्को कृति ‘ज्ञानिका’ लोकार्पण – KhabarHost



२२ कात्तिक, काठमाडौं ।  पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आज आयोजित कार्यक्रमा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गर्नुभयो । गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ ।

पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तक अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ ।

देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन् ।

पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको सङ्घर्ष, विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण र पर्यटनको अवसर, प्रदूषणमुक्त नेपालको बाटो, माटोको खान्की र स्वास्थ्य मानव, बाँदरसँग संवाद, उसैसँग प्रेम, वन्यजन्तु संरक्षण र पीडाको कथा, विश्वव्यापी पर्यटन दौडको मानचित्रमा नेपाल, शक्तिशाली नदी र चुनौतीपूर्ण भूभागमा प्रवासी माछा, सिकारीसँग लडाइँ, बाघसित भेटैभेट, आँखैअघि खतरा शीर्षकका लेख छन् ।

फाइनप्रिन्ट प्रालिले बजारमा ल्याएको ३८८ पृष्ठको उक्त पुस्तक सापकोटाको छैटौँ कृतिको रु एक हजार १०० मूल्य निर्धारण गरिएको छ । यसअघि उहाँका पन्छी जगत्, त्यो नेपाल, दुखेको युुरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन् ।

-राससबाट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More