― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
Homeराष्ट्रिय समाचारथबाङमा वडाध्यक्ष आफैंले लगाए कार्यालयमा ताला, गाउँपालिकामा बुझाए साँचो

थबाङमा वडाध्यक्ष आफैंले लगाए कार्यालयमा ताला, गाउँपालिकामा बुझाए साँचो



१३ कात्तिक, रुकुमपूर्व । रोल्पाको थबाङ गाउँपालिकाका एक जना वडाध्यक्षले कार्यालयमा ताला लगाएका छन् ।

बाटो र विद्युत् विस्तारको काममा ढिलाइ भएको भन्दै वडा-२ का अध्यक्षले वडा कार्यालयमा ताला लगाएर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चाबी बुझाएका हुन् ।

वडाध्यक्ष अभिलाषा रोका कार्यालयमा ताला लगाएपछि साँचो बुझाउन गाउँपालिका कार्यालय पुगेका थिए ।

वडाको विकास निर्माणमा निरन्तर ढिलासुस्ती र जनगुनासोप्रति गाउँपालिकाको बेवास्ता भएको उनको गुनासो छ ।

वडाध्यक्ष बुढामगरका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध रहेको र केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुँदा समेत गाउँपालिका अध्यक्षले बेवास्ता  गरेको उनको आरोप छ ।

साँचो बुझाउँदै उनले भने, ‘जनताको माग र गुनासोमा गाउँपालिकाले कुनै ध्यान दिएको छैन । म पनि जनताकै पक्षमा उभिन बाध्य भएको छु । समस्या तत्काल समाधान नभए पदबाट राजीनामा दिन्छु।’

स्थानीयहरूले लामो समयदेखि सेवा–सुविधा, आवतजावत र विद्युत् आपूर्तिमा समस्या झेल्दै आएको र बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।

वडा कार्यालयमा ताला लगाएका उनले बाहिरै बसेर जनतालाई नियमित सेवा दिने बताए ।

गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले भने आफू हाल केन्द्र बाहिर रहेको र यसबारे कुनै जानकारी नभएको बताए ।





Read More