― Advertisement ―

HomeLatest newsत्रिवि क्रिकेट रंगशालामा यसरी जोडिँदैछ फ्लडलाइट (तस्वीरहरू)

त्रिवि क्रिकेट रंगशालामा यसरी जोडिँदैछ फ्लडलाइट (तस्वीरहरू)


रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको हो ।

राष्ट्रिय

समाचार.

  • काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ६ वटा फ्लडलाइट टावरहरूमा बत्ती जडानको काम भइरहेको छ।
  • फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन्।
  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण सुरु हुन ११ दिन मात्र बाँकी छ।

२० कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा यतिबेला फ्लडलाइट जडानको काम भइरहेको छ ।

रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको हो ।

२ वटा टावरमा बत्ती जडानको काम भइसकेको छ भने २ वटा टावरमा अहिले जडानको काम भइरहेको छ । त्यस्तै अर्को दुई टावरमा लाइटहरू जडान गर्न बाँकी नै छ ।

फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ ।

यस्तोमा अहिले एनपीएलको खेल फ्लडलाइटमा हुन्छ वा हुन्न भन्ने चासो सबैमा छ ।

तस्वीरहरू हे‍र्नुहोस् :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More