― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
HomeLatest newsतीन प्रतियोगिता खेलेर डेढ महिनापछि स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

तीन प्रतियोगिता खेलेर डेढ महिनापछि स्वदेश फर्कियो नेपाली क्रिकेट टोली


राष्ट्रिय

समाचार.

  • नेपाली क्रिकेट टोलीले तीन प्रतियोगिता खेलेर ४९ दिनपछि २१ कात्तिकमा काठमाडौं फर्किएको छ।
  • नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले विमानस्थलमा स्वागत गरेका छन्।
  • नेपालले वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो र टी-२० विश्वकप छनोटमा च्याम्पियन बनेको थियो।

२१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो ।

नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरे ।

नेपाल गत असोज २ मा वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला यूएई प्रस्थान गरेको थियो । प्रस्थान गरेको ४९औं दिनमा नेपाली टोली काठमाडौं फर्किएको हो ।

नेपालले यसबीचमा वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो भने त्यसपछि ओमानमा भएको टी-२० विश्वकप छनोटमा पनि च्याम्पियन बन्दै विश्वकपको यात्रा तय गर्‍यो ।

त्यसपछि फेरि यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो । नेपालले ४ वटै खेलमा हार बेहोरेको थियो ।

नेपाली खेलाडीहरू अब नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारीमा लाग्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More