राष्ट्रिय
समाचार.
- नेपाली क्रिकेट टोलीले तीन प्रतियोगिता खेलेर ४९ दिनपछि २१ कात्तिकमा काठमाडौं फर्किएको छ।
- नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले विमानस्थलमा स्वागत गरेका छन्।
- नेपालले वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो र टी-२० विश्वकप छनोटमा च्याम्पियन बनेको थियो।
२१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो ।
नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरे ।
नेपाल गत असोज २ मा वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला यूएई प्रस्थान गरेको थियो । प्रस्थान गरेको ४९औं दिनमा नेपाली टोली काठमाडौं फर्किएको हो ।
नेपालले यसबीचमा वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो भने त्यसपछि ओमानमा भएको टी-२० विश्वकप छनोटमा पनि च्याम्पियन बन्दै विश्वकपको यात्रा तय गर्यो ।
त्यसपछि फेरि यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो । नेपालले ४ वटै खेलमा हार बेहोरेको थियो ।
नेपाली खेलाडीहरू अब नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारीमा लाग्नेछन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

