― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsतीन अमेरिकन र एक एशियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण

तीन अमेरिकन र एक एशियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण



१३ माघ, काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्दैछन् ।

निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्सिच्युट र द मल्टी डिसिपिलिनरी इन्सिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स ।

द कार्टर सेन्टर एटलान्टाको वेबसाइट मा उल्लेख भएअनुसार यसले विश्वका ४० देशका १२८ निर्वाचनको पर्यवेक्षण गरिसकेको छ ।

नेपालको सन्दर्भमा यसले २०६४ सालको संविधान सभाको निर्वाचन, २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचन पर्यवेक्षण गरेको थियो । सेन्टरले २०६७ सालमा नेपालमा मतदाता दर्ताको अवस्थाको समेत अध्ययन गरेको थियो ।

द कार्टर सेन्टर एटलान्टाले २०७४ मा मतदानदेखि मतगणनासम्म २८२ भन्दा बढी मतदान केन्द र मतगणना स्थलको पर्यवेक्षण गरेको थियो । यसपटक पनि द कार्टर सेन्टर एटलान्टाले चुनावी वातावरण र प्रक्रियाहरूको पर्यवेक्षण गर्दैछ ।

यो संस्था अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर र उनकी पत्नी रोस्ल्यान कार्टरले सन् १९८२ मा स्थापना गरेको संस्था हो । यसले इमोरी युनिभर्सिटीसँग साझेदारीमा विश्वभर शान्ति, लोकतान्त्रिक शासन, मानवअधिकार, कानुनी शासन, पारदर्शिता, न्याय प्रशासनलाई प्रवर्धन गर्ने गरी काम गर्दै आएको छ । यसको मुख्य कार्यालय अमेरिकाको जर्जिया राज्यको एटलान्टामा छ ।

यस्तै अर्को संस्था हो– एसियन नेटवर्क फर फ्रि इलेक्सन यो एशियामा स्वतन्त्र, निष्पक्ष निर्वाचनको प्रवर्द्धन गर्ने एउटा क्षेत्रीय गैर सरकारी संस्था हो । यसको स्थापना सन् १९९७ मा भएको हो र यसलाई एशियामा सबैभन्दा पुरानो र ठूलो निर्वाचन सम्बन्धी नेटवर्कको रूपमा मानिन्छ । यसको मुख्य कार्यालय थाइल्याण्डको बैंककमा छ ।

यो संस्थामा २७ भन्दा बढी सदस्य संगठनहरू छन् । अफगानिस्तान, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, म्यान्मारका संस्थाहरू आवद्ध रहेका छन् । यो संस्थाको मुख्य उद्देश्य नै निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन भूमिका खेल्नु हो ।

यसले राष्ट्रिय स्तरका निर्वाचनहरूमा अन्तर्राष्ट्रिय पर्यवेक्षक मिसनहरू पठाउँछ । स्थानीय नागरिक, मतदाता समूह, सञ्चारकर्मी र अन्यलाई प्रशिक्षण र कार्यशाला मार्फत लोकतान्त्रिक प्रक्रिया र चुनावी निरीक्षणका बारेमा अभिमुखीकरण लगायतका कार्यक्रम समेत सञ्चालन गर्दछ ।

नेपालको सन्दर्भमा यो संस्थाले २०६४ को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन र २०७९ को संघीय र प्रदेश निर्वाचनको पर्यवेक्षण गरेको थियो । यसले समावेशिता, महिला÷अल्पसंख्यकहरूको सहचागिता, प्रतिनिधित्व र निर्वाचन वातावरणको विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।

जारी निर्वाचनका लागि समेत यसले पर्यवेक्षणको अनुमति पाएको छ ।

निर्वाचन पर्यवेक्षणको अनुमति पाएको अर्को अन्तराष्ट्रिय संस्था हो– इन्टरनेशनल रिपब्लिकन इन्सिच्युट (आइआरआइ) । यो अमेरिकी अन्तर्राष्ट्रिय गैर–नाफामुखी संस्था हो । जसले विश्वभर लोकतन्त्र, नागरिक सहभागिता र खुला शासन प्रवर्द्धन गर्नका लागि काम गर्दै आएको छ ।

यो सन १९८३ मा स्थापना भएको संस्था हो । अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अमेरिकी नीतिअन्तर्गत विश्वमा लोकतन्त्र प्रवद्र्धन गर्नका लागि भनेर स्थपना गरेका हुन् ।

यसले ५० भन्दा बढी देशमा निर्वाचन पर्यवेक्षण गरिसकेको छ । नेपालको सन्दर्भमा यसले नेपाली जनमत सर्वेक्षण मार्फत विश्वास गर्ने स्तर र लोकतन्त्र सम्बन्धी धारणा विश्लेषण गर्ने गरेको छ ।

प्रत्यक्ष रूपमा नेपालको निर्वाचन पर्यवेक्षण पहिलो पटक गर्दैछ । आगामी २१ फागुनका लागि पर्यवेक्षण गर्न यसलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

यस्तै अर्को नेपालको निर्वाचन पर्यवेक्षण गर्दै गरेको अर्को अन्तराष्ट्रिय संस्था हो– द मल्टी डिसिपिलिनरी इन्सिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ म्यासाचुसेट्स । यो पनि अमेरिकन संस्था हो । दातृ संस्थाको रुपमा रहेको यो संस्थाले यसअघि नेपालमा बाढीपीडितलाई राहत दिने लगायतका कार्य गरेको विवरणहरू  छन् । यसले यसपटक नेपालको निर्वाचन पर्यवेक्षण गर्दैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More