― Advertisement ―

अल्ट्रा कम्प्याक्ट NucBox K17 Mini PC लाई पकेट-आकारको फ्रेममा ट्रिपल-अङ्कको AI प्रदर्शन र ज्वलन्त-छिटो मेमोरी प्रदान गर्ने भेट्नुहोस्।

NucPUBAI, NucBox1 का लागि KPUBAI, फुल कार्यसम्पादनIntel Core Ultra 5 226V प्रोसेसरले कुशल, उच्च-गति कम्प्युटिङ प्रदान गर्दछIntegrated Arc 130V GPU ले INT8 परिशुद्धता प्रयोग...
HomeLatest newsतिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेका युवकको मृत्यु

तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा काभ्रेका युवकको मृत्यु



१५ कात्तिक, काठमाडौं । काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एकजना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





Read More