― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsतम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत – KhabarHost

तम्घास–छल्दी सडकको जोखिमयुक्त स्थानमा मर्मत – KhabarHost



२२ पुस, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि सिमलटारी हुँदै छल्दी जाने सडक खण्डका जोखिमयुक्त स्थानहरूमा मर्मत गरिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने तम्घास–छल्दी सडक खण्डमा कालोपत्रे सडक भत्किएर जीर्ण बन्दै गएपछि सवारी आवागमनमा समस्या देखिएको थियो ।

सडकका विभिन्न घुम्ती तथा जोखिमपूर्ण स्थानहरूमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी बनेको र कतिपय स्थानमा सडक भत्किएर सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको थियो ।

वर्षातको समयमा सडक झन् बिग्रिँदै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले भत्किएका तथा जोखिमयुक्त स्थानमा मर्मत कार्य अघि बढाएको हो ।

सडक भत्किएका ठाउँमा पुन: कालोपत्रे गरी खाल्डाखुल्डी पुरिने काम सम्पन्न गरिएको जनाइएको छ ।

मर्मतपछि सडकको अवस्था केही सहज बनेको र सवारी आवागमनमा सुधार आएको स्थानीय चालक गोविन्द कुँवरले बताए ।

सडक खण्ड सदरमुकाम तम्घासलाई ग्रामीण भेगसँग जोड्ने मुख्य मार्ग भएकाले दैनिक यात्रु, मालवाहक सवारी तथा आपतकालीन सेवाका लागि अत्यन्तै महत्वपूर्ण छ ।

सडक जीर्ण हुँदा आवतजावतमा समस्या हुनुका साथै समयमै सेवा लिन कठिनाइ हुँदै आएको थियो ।

तम्घासदेखि सिमलटारी सम्मको २९ किलोमिटर क्षेत्रको छल्दी सम्ममा भत्कीएको ठाउँमा मर्मत गर्न ८१ लाख ४३ हजारको लागतमा एम.एच. फोर्टिनस्टार सप्लायर्स तम्घासले मर्मतको काम गरेको मदन भण्डारी अयोजना कार्यालय गुल्मीले जनाएको छ ।

राजमार्गका विभिन्न ठाउँमा कतै खाल्डा र कतै पानीका पोखरी जस्तै बन्ने गरेको थियो । कालोपत्रे सडक भत्कीएको वषौं बित्दा समेत मर्मतमा भने ध्यान पुग्न सकिरहेको थिएनन ।

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । ६ वर्ष पहिले कालोपत्रे भएको तम्घास–सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको छ ।

बिरामीहरु लिएर रातको समय हिड्दा निकै जोखिम बढदै गएको सवारी चालकको भनाइ छ । स्थानीयबासीले वर्षौंपछि सडक मर्मत सुरु भएपछि राहतको अनुभूति व्यक्त गरेका छन् ।

सडक जीर्ण हुँदा विगत केही वर्षदेखि सवारी साधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।

करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्रनम्बर–२ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।





Read More