― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsतमिलनाडुमा सडक दुर्घटना, ९ जनाको मृत्यु – KhabarHost

तमिलनाडुमा सडक दुर्घटना, ९ जनाको मृत्यु – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतको तमिलनाडुमा बुधबार राति सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।
  • तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई तीन–तीन लाख र घाइतेलाई एक–एक लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।
  • कर्नाटकको चित्रदुर्ग जिल्लामा भएको अर्को सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

१० पुस, काठमाडौं । भारतको तमिलनाडुमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

कुड्डालोर ल्लिाको एलुथुर गाउँमा पर्ने त्रिची–चेन्नई नेशनल हाईवेमा बुधबार राति भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको हो ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुर्घटनामा परी मृत्यु भएका नागरिकप्रति शोक व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका परिवारलाई तीन–तीन लाख रूपैयाँ र गम्भीर घाइते भएकालाई जनही एक–एक लाख रूपैयाँ आर्थिक सहयोग गरिने घोषणा गरेका छन् ।

स्थानीय खबरअनुसार बुधबार राति त्रिचीबाट चेन्नई जाँदै गरेको सरकारी बसको अघिल्लो टायर अचानक पड्किएरपछि दुईवटा कारसँग ठोक्किएको बीबीसीले जनाएको छ ।

बुधबार राति नै कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडह दुर्घटनामा कम्तीमा पनि ११ जनाको मृत्यु भएको थियो । अन्य २४ जना घाइते भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More