― Advertisement ―

‘हाम्रो डाटा वा प्रणालीसँग सम्झौता भएको छ भन्ने विश्वास गर्ने कुनै कारण छैन’: अमेरिकी सांसदहरूले २५ लाख VRChat प्रयोगकर्ताहरू ह्याकबाट जोखिममा रहेको बताएका छन्,...

सरकारी उल्लङ्घन सूचनाले VRChat डाटा एक्सपोजरले लाखौंलाई असर गरेको दाबी गरेको छ, तर कम्पनीले प्रणालीमा कुनै पनि सम्झौता वा सम्झौतालाई कडा रूपमा अस्वीकार गर्छ। ...
HomeLatest newsतपाईँको काँधले सिंगो देशको भार थामिरहेको छ – KhabarHost

तपाईँको काँधले सिंगो देशको भार थामिरहेको छ – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी अगुवा रक्षा बमले निर्वाचनले नयाँ आशाको ढोका खुलेको बताएकी छन्।
  • उनले निर्वाचनको वातावरण बनेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छन्।
  • उनले अब देशको भाग्य जनताकै हातमा रहेको र जिम्मेवारी सबैको भएको बताएकी छन्।

७ माघ, काठमाडौँ । जेनजी अगुवा रक्षा बमले देश निर्वाचनमा होमिएको र यसले नयाँ आशाको ढोका खुलेको बताएकी छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अन्योल र अनिश्चितताको यात्रामा मनोनयनपछि नयाँ मोड पार गरेको बताएकी हुन् ।

‘जेनजी आन्दोलनपछि देशले भोगेको सङ्क्रमणकाल,अन्योल र डरका बीच लोकतान्त्रिक निकास सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न हाम्रो र हरेक नागरिकको मनमा थियो,’ उनले भनेकी छन्, ‘तर हिजो, सम्पूर्ण दलहरूले निर्वाचनमा आफ्ना उम्मेदवार उठाएर देशलाई फेरि सुदृढ लोकतन्त्रतर्फ धकेलेका छन् र यसै क्षणबाट आशाको नयाँ ढोका खुलेको छ।’

उनले निर्वाचनको वातावरण बनेको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छन् ।

‘यसका लागि धन्यवाद, प्रधानमन्त्रीज्यू। तपाईं त्यो काँध हुनुहुन्छ जसले सिङ्गो देशको भार थामिरहेछ। हजार आलोचना, हजार शंका र हजार बोझका बीच पनि देशलाई ढल्न नदिई उभ्याइरहनुभएको छ,’ उनले भनेकी छन्, अब जिम्मेवारी हाम्रो हो।अब देशको भाग्य जनताकै हातमा छ। सचेत बनौं।’





Read More