― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeराष्ट्रिय समाचारतनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण – KhabarHost

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण – KhabarHost



१७ कात्तिक, तनहुँ । तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको संक्रमण पुष्टि भएको हो ।

शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए ।

उनले भने, ‘शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको संक्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।’ यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो संक्रमण देखिएको थियो ।

मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More