― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsतत्कालीन माओवादी केन्द्रका ३ केन्द्रीय सदस्यसहित १० नेता प्रलोपा प्रवेश

तत्कालीन माओवादी केन्द्रका ३ केन्द्रीय सदस्यसहित १० नेता प्रलोपा प्रवेश


बामदेव क्षेत्री



११ मंसिर, बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तीन जना केन्द्रीय सदस्यसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव कुमार नेपाल सहसंयोजक रहेको नेकपा छाडेर उनीहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन् ।

जसमा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका बामदेव क्षेत्री,  केन्द्रीय सदस्यहरू गोविन्द केसी र किस्मत विक, माओवादी केन्द्र प्रदेश कार्यालयका प्रमुख सचिव यज्ञ पोखरेल, प्रदेश सदस्यहरू कृष्णबहादुर भण्डारी, भक्तबहादुर पुन, प्रकाश कुँवर, अधिवक्ता समेत रहेका अनुप पोखरेल, जिल्ला सदस्य कर्ण भट्टराई, बुटवल उपमहानगर कमिटी सदस्य कृष्ण बन्जाडे रहेका छन् ।

दुई दिनअघि  साविक माओवादी केन्द्र रुपन्देहीले जिल्लामा सबैले एकताका पक्षमा निर्णय गरेको दाबी गरेको थियो ।

प्रचण्ड संयोजक रहेको नेकपा छाडेका बामदेव क्षेत्रीले नवगठित नेकपाको नेतृत्व जेनजी विद्रोहको म्याण्डेट विपरीत सत्ता स्वार्थको लागि मात्र गरिएको गठबन्धन भएकाले प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको बताए ।

जेनजी विद्रोहपछि जन्मेका दलहरूमध्ये प्रलोपाको विचार र कार्यदिशा  नै समयसापेक्ष र वैज्ञानिक रहेको क्षेत्रीले दाबी गरे ।





Read More