― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsढोका खोल्न प्रयास भएको हो तर जोखिम थियो – KhabarHost

ढोका खोल्न प्रयास भएको हो तर जोखिम थियो – KhabarHost



१९ पुस, काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ ।

विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो ।

विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।

विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’

सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्‍याएको बुद्ध एयरले जनाएको छ ।

‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ, ‘बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।’





Read More