राष्ट्रिय
समाचार.
- भारतको घरेलु टोली बंगालका कप्तान अभिमन्यु इस्वरन रणजी ट्रफी अन्तर्गत सर्भिसेसविरुद्धको खेलमा ८१ रनमा रनआउट भएका छन्।
- ४१औं ओभरको अन्तिम बलमा इस्वरनले बल बलरले समातेको ठानेर क्रिजबाट बाहिर निस्किएपछि उनी रनआउट घोषित भएका थिए।
- इस्वरनले आफ्नो गल्ती स्वीकार्दै भने, ‘यो पूर्ण रूपमा मेरो गल्ती हो। विपक्षीले खेल भावनाअनुसार मलाई फर्काउनुपर्थ्यो भन्ने कुरा पनि सही होइन।’
८ माघ, काठमाडौं । भारतको घरेलु टोली बंगालका कप्तान अभिमन्यु इस्वरन बिहीबारको खेलमा अनौठो र दुर्भाग्यपूर्ण तरिकाले रनआउट भएका छन्। रणजी ट्रफी अन्तर्गत सर्भिसेसविरुद्धको खेलमा उनी ८१ रनमा ब्याटिङ गरिरहेका थिए र शतक नजिक थिए।
४१औं ओभरको अन्तिम बलमा आदित्य कुमारको बलमा सुदीप चटर्जीले सिधै बलर तर्फ प्रहार गरेपछि इस्वरनले ओभर सकियो र ड्रिंक्स ब्रेक भयो भन्ने ठाने। त्यसपछि उनी पानी लिन क्रिजबाट बाहिर निस्किएर अगाडि बढे।
तर बल आदित्य कुमारको औंलामा लागेर स्टम्पतर्फ मोडियो। इस्वरन त्यसबेला क्रिज बाहिर भएकाले सर्भिसेस टिमले अपिल गर्यो। थर्ड अम्पायरको निर्णयपछि इस्वरन रनआउट घोषित भए।
खेलपछि इस्वरनले गल्ती आफ्नो नै भएको स्वीकार गरे। उनले भने, ‘यो पूर्ण रूपमा मेरो गल्ती हो। मैले बल बलरले समातेको ठानेर स्वाभाविक रूपमा अगाडि बढेँ। विपक्षीले खेल भावनाअनुसार मलाई फर्काउनुपर्थ्यो भन्ने कुरा पनि सही होइन।’
बंगालका प्रशिक्षकले पनि यसलाई साधारण मानवीय गल्ती भएको बताए। उनले भने, ‘यहाँ नियमभित्रै घटना भएको हो, विपक्षीले नफर्काउनु गलत होइन।’
-क्रिकइन्फोबाट
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

