― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeराष्ट्रिय समाचारडा. सुरेन्द्र भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन

डा. सुरेन्द्र भण्डारीले फिर्ता लिए दल दर्ताको निवेदन



१४ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दल दर्ताको निवेदन फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यसअघि गत असोज ९ गते भण्डारीले ‘नेपाल नागरिक पार्टी’ नामक दल दर्ताको निवेदन दिएका थिए । बिहीबार निर्वाचन आयोग पुगेर उनले दल दर्ताको निवेदन फिर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिँदा ५४ जना सदस्य थिए । देशभक्ति, नागरिकतन्त्र र प्रगतिशीलताको सिद्धान्तमा विश्वास गर्ने नागरिकहरू भेला भएर मूलधारको राजनीतिक दल गठन गरिएको दाबी गर्दै भण्डारी निर्वाचन आयोग पुगेका थिए ।

२१ औँ शताब्दीमा गरिबी सैह्य नहुने र राजनीति संविधानवादको सिमानाभित्र सीमित हुनुपर्ने भन्दै दल दर्ता गर्न अगाडि सरेका भण्डारी केही दिनमै दल दर्ताको निर्णयबाट पछाडि हटेका हुन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दल दर्ताको निवेदन फिर्ताको मागमाथि निर्णय हुन बाँकी छ । घिमिरेले अनलाइनखबरसँग भने, ‘दल दर्ताको निवेदन फिर्ता लिन निवेदन आएको छ । तर, फिर्ताको निवेदनमाथि निर्णय हुन बाँकी छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More