― Advertisement ―

नाइजेल फराज भन्छन् कि युकेको किशोर सोशल मिडिया प्रतिबन्ध ‘काम गर्न असम्भव छ’ – तर के VPN ले बच्चाहरूलाई प्रतिबन्धको वरिपरि जान मद्दत गर्नेछ?

Social Reform UK's's media, Reform UK'gel लेडर भन्छन् VPN प्रयोगको कारणले प्रतिबन्ध "काम गर्न असम्भव छ"सामाजिक मिडिया प्रदायकहरूले यूकेमा कम-१६ लाई उनीहरूको प्लेटफर्महरू प्रयोग...
HomeLatest newsडा. विजय सुब्बाले पदाधिकारीमा उम्मेदवारी घोषणा – KhabarHost

डा. विजय सुब्बाले पदाधिकारीमा उम्मेदवारी घोषणा – KhabarHost



२५ मंसिर, काठमाडौ । नेकपा एमालेको निर्वाचन आयोेगका अध्यक्ष डा.विजय सुब्बाले पदाधिकारीमा लड्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् सुब्बाले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘हारे पार्टीको भुँइमा बसौला, जिते सत्यमेव जयतेको मन्त्रलाई आजसम्म बिर्सेको छैन र कदापि बिर्सने छैन,’ उनले लेखेका छन् ।

उम्मेदवारी घोषणा गर्दा सुब्बा आफ्नो इतिहास र योगदान पनि सम्झेका छन् । ‘सत्य, इमान र कम्युनिष्ट निष्ठामा लागेँ है भनि कसम खाएँ २०२६/२७ सालतिर,’ उनले लेखेका छन्, ‘गाइने भएँ, साहित्य, संस्कृति र राजनीतिमा लाग्दा परिवारमाथि अपराध गर्न पुगेको हुँ ।’

तर अहिले नयाँ र पुराना पुस्ताका नेताहरुले पदाधिकारीमा दावी गरिरहेको देखेपछि आफूले पनि योग्य सम्झेर उम्मेद्वारी घोषणा गरेको उनले उल्लेख गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More