फाइल तस्वीर
१८ कात्तिक, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी तोकिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई सो पदको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ ।
महाशाखामा यसअघि निर्देशकको रूपमा कार्यरत डा. विवेककुमार लाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार अभियोगमा निलम्बित भएपछि पद रिक्त भएको थियो ।
आयोगले डा. लालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
डा. उपाध्याय हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) मा कार्यरत छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

