― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsडर्टमुन्डमाथि सिटीको सहज जित – KhabarHost

डर्टमुन्डमाथि सिटीको सहज जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको छ।
  • फिल फोडेनले दुई गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले एक-एक गोल गरे।
  • सिटीले ४ खेलमा १० अंक जोडेर चौथो स्थानमा पुगेको छ भने डर्टमुन्ड ७ अंकसहित १४औं स्थानमा छ।

२० कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ ।

गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले बोरुसिया डर्टमुन्डलाई ४-१ गोलअन्तरले हराएको हो ।

सिटीको जितमा फिल फोडेनले २ गोल गर्दा एर्लिङ हालान्ड र रायन चेर्कीले १-१ गोल गरे ।

फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २९औं मिनेटमा हालान्डले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५७औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० ले अगाडि राखे ।

७२औं मिनेटमा डर्टमुन्डका वाल्देमार एन्टनले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि इन्जुरी समयमा चेर्कीले गोल गर्दै सिटीको ४-१ को जित पक्का गरे ।

जितपछि ४ खेलमा १० अंक जोडेर चौथो स्थानमा छ । ७ अंक भएको डर्टमुन्ड १४औं स्थानमा छ ।

गएराति भएका अन्य खेलमा इन्टर मिलानले काइरातलाई २-१ गोलअन्तरले हराउँदा एट्लान्टाले मार्सेइललाई १-० ले हरायो ।

बायर लेभरकुसनले बेनफिकालाई १-० ले हरायो भने गालातासारेले अयाक्सलाई ३-० ले हरायो । न्युकासलले एथ्लेटिक क्लबलाई २-० ले हरायो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More