― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeअन्तर्राष्ट्रियट्रम्प दक्षिण कोरिया पुग्नुअगावै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

ट्रम्प दक्षिण कोरिया पुग्नुअगावै उत्तर कोरियाद्वारा मिसाइल परीक्षण



१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया पुग्नुभन्दा केही घण्टा अघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।

ट्रम्प ‘एसिया प्यासिफिक इकोनोमिक को-अपरेशन’ को बैठकमा भाग लिन दक्षिण कोरिया जाँदै गर्दा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।

उत्तर कोरियाले जमिनबाट हावा प्रहार गर्ने मिसाइल परीक्षण गरिएको दाबी गरेको छ । बीबीसीका अनुसार उक्त परीक्षण उत्तर कोरियाको परमाणु हतियार वैध ठहराउने प्रतीकात्मक प्रयास भनिएको छ ।

मिसाइललाई सोझै आकाशतर्फ पठाइएको र झण्डै सात हजार ८०० सेकन्डसम्म हावामा रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आज (बुधबार) दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ्गसँग हुने बताइएको छ । दक्षिण कोरियामाथि अमेरिकासँगको व्यापार सम्झौतालाई अन्तिम रूप दिन दबाब छ ।

 





Read More