― Advertisement ―

HomeLatest newsट्रम्पलम्यानको आक्रमक ब्याटिङमा लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य

ट्रम्पलम्यानको आक्रमक ब्याटिङमा लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य


रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।


६ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेल अर्धशतकबाट एक रनले चुकेको खेलमा लुम्बिनी लायन्सले नेपाल प्रिमि लिग (एनपीएल) मा कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो ।

४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । रोहितले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै  जेजे स्मिथले १४ बलमा २ चौका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले एक/एक विकेट लिए ।

नन्दन यादवले दोस्रो ओभरमै लुम्बिनीका ओपनर सन्दीप जोराको विकेट लिँदै कर्णालीलाई सुखद् सुरुवात दिलाएका थिए । जोराले ८ बलमा १ रन मात्र जोडे ।

त्यसपछि अर्का ओपनर डार्शी सटले कप्तान रोहित पौडेलसँग इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए ।

दोस्रो विकेटका लागि रोहित र सटले ३६ रनको साझेदारी गरे । १९ रन बनाएका सट सातौं ओभरमा आउट भए । उनलाई गुल्सन झाले आउट गरे ।

रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गइरह्यो ।

दिलीप नाथ ६ रन बनाएर आउट भए । दिलीपलाई मार्कवाटले कट एण्ड बोल्ड गरे । त्यसपछि आएका गुल्बादिन नाइब पनि चाँडै आउट हुँदा दुम्बिनीले ६१-४ को स्थितिमा पुग्यो ।

पहिलो खेलमा चितवनविरुद्ध ४४ बलमा अविजित ४४ रन बनाएका गुल्बादिनलाई आज विपिनप्रसाद शर्माले एलबीडब्लु धरापमा पारे ।

यस सिजन पहिलो खेल खेलिरहेका सुमित महर्जनले १० बलमा मात्र ४ रन बनाए । उनलाई युवराज खत्रीले विलियम बोसिस्टोबाट क्याचआउट गराए ।

अर्धशतक नजिक पुगेर पनि लुम्बिनीका कप्तान रोहित १७ औं ओभरमा आउट भए । उनलाई सोमपालले नजिबुल्लाह जद्रानबाट क्याचआउट गराए ।

त्यसपछि जेजे स्मिथ १८औं ओभरको अन्तिम बलमा आउट भए । लगत्तै अर्को ओभरमा समीर अली मार्क वाटको बलिङमा वाटबाटै रनआउट भए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More