― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsट्रम्पको भाषण काटछाँटमा प्रश्न उठेपछि बीबीसी महानिर्देशक र समाचार प्रमुखले दिए राजीनामा

ट्रम्पको भाषण काटछाँटमा प्रश्न उठेपछि बीबीसी महानिर्देशक र समाचार प्रमुखले दिए राजीनामा



२५ कात्तिक, काठमाडौं । बीबीसीबाट प्रसारण भएको एक वृत्तचित्रको सम्पादनमा प्रश्न उठेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डबोरा टर्नेसले राजीनामा दिएका छन् । साथै बीबीसीका अध्यक्ष समीर शाहले संसदीय समितिमा माफी मागेका छन् ।

बीबीसीको ‘प्यानोरमा’ले उत्पादन गरेको ‘डोनाल्ड ट्रम्प : अ सेकेण्ड चान्स ?’ नामको वृत्तचित्रमा प्रयोग गरिएको ट्रम्पको एक भाषण एडिटिङमा प्रश्न उठेको थियो । त्यससँग सम्बन्धित समाचार युकेको द टेलिग्राफ नामको पत्रिकामा प्रकाशित भएको थियो ।

आफूले गरेको गल्तीबारे बीबीसी आफैंले लेखेको समाचारमा उल्लेख भएअनुसार उक्त वृत्तचित्रमा ट्रम्पको भाषणका छुट्टाछुट्टै भाग काटेर जोडिएको छ र सन् २०२१ मा क्यापिटल हिलमा भएको दंगा गर्न उक्साएजस्तो देखिने गरी प्रस्तुत गरिएको छ ।

ट्रम्पले ६ जनवरी २०२१ मा वाशिङ्टन डीसीमा गरेको एक भाषणमा ‘हामी क्यापिटलतिर जाने छौं र हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन र विमिनहरूको उत्साह बढाउने छौं ।’

तर सम्पादित भिडियोमा उनले ‘हामी क्यापिटलतिर जाने छौं… र त्यहाँ म तपाईंहरूसँगै हुने छु । अनि हामीहरू संघर्ष गर्छौं, हामी बेस्सरी संघर्ष गर्छौं,’ भनेको सुनिन्छ ।

सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका यी दुई अभिव्यक्ति ट्रम्पले ५० मिनेटको अन्तरालमा फरक–फरक प्रसंगमा बोलेका थिए । तर सम्पादनको क्रममा एकै ठाउँ जोडिदिएर भड्काउ अभिव्यक्ति दिएजस्तो बनाइएको थियो ।

ट्रम्पले ‘बेस्सरी संघर्ष गर्छौं’ भन्ने प्रसंग अमेरिकामा हुने निर्वाचन कति ‘भ्रष्ट’ हुन्छ भनेर चर्चा गरेको भागबाट लिएर ‘हामी क्यापिटलतिर जाने छौं’ भन्ने भनाइसँग जोडिएको थियो ।

उक्त वृत्तचित्र अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुभन्दा एक साताअघि बीबीसीको ‘प्यानोरमा’ कार्यक्रममा प्रसारण भएको थियो ।

सम्पादनको क्रममा गरिएको यो त्रुटिबारे टेलिग्राफले समाचार लेखेको थियो । समाचारमा लेखिएको थियो, ‘उक्त दिनको घटनाबारे गरेको तोडमरोडले दर्शकहरूलाई यस्तो प्रश्न गर्न लगाउँछ– बीबीसीप्रति किन विश्वास गर्ने अनि यो क्रम कहिले टुङ्गिन्छ ?’

यो विवादपछि माफी माग्दै बीबीसीका महानिर्देशक टिम डेभी र बीबीसीको समाचार विभागको कार्यकारी प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार टिम डेभीले बीबीसी सार्वजनिक प्रसारण संस्थाका सबै सेवाहरुको सम्पादकीय, सञ्चालनात्मक र सिर्जनात्मक विभागहरुको नेतृत्वमा थिए । उनी सन् २०२० मा नियुक्त भएका थिए ।

यसैगरी सन् २०२२ देखि बीबीसीको समाचार विभागको कार्यकारी प्रमुख रहेकी डेबोरा टर्नेसले समसामयिक विषयसँग सम्बन्धित कार्यक्रमको पनि नेतृत्व गर्दै आएकी थिइन् ।

बीबीसीले उनीहरुको सट्टामा नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More