― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsटेक्सस इन्टरनेसनल कलेजको ‘आइडल’ र‘डान्सिङ स्टार’ प्रतियोगितासँगै ईसीए सम्पन्न

टेक्सस इन्टरनेसनल कलेजको ‘आइडल’ र‘डान्सिङ स्टार’ प्रतियोगितासँगै ईसीए सम्पन्न


राष्ट्रिय

समाचार.

  • काठमाडौंको मित्रपार्कस्थित टेक्सस इन्टरनेसनल कलेजले पुस २७ देखि ३० गतेसम्म ‘एनुअल ईसीए’ सम्मेलन सम्पन्न गरेको छ।
  • कार्यक्रममा कविता, खेलकुद, नृत्य लगायत विविध विधामा कक्षा ११ देखि स्नातकोत्तर तहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
  • ‘टेक्सास आइडल’ प्रतियोगितामा हबिश भट्टराई विजेता घोषित भएका छन् र ‘डान्सिङ स्टार’ तर्फ ओशिन लामा, अनुषा भुजेल र जीना विजयी भएका छन्।

३० पुस, काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सस इन्टरनेसनल कलेजले विद्यार्थीहरूको क्षमता विकासलाई केन्द्रमा राख्दै ‘एनुअल ईसीए’ सम्मेलन सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा पुस २७ गतेदेखि ३० गतेसम्म विभिन्न खेलकुद, साहित्यिक तथा सृजनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो। समापन कार्यक्रमको अध्यक्षता टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश परीक्षा प्रमुख जयन्ती सत्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने प्रो. डा. गोविन्द प्रसाद आचार्य विशिष्ट शैक्षिक व्यक्तित्वका रूपमा सहभागी थिए ।

कार्यक्रममा कविता, वक्तृत्वकला, निबन्ध, क्विज, चेस, टेबल टेनिस, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटसल, ईगेम्स, फोटोग्राफी, स्केच तथा नृत्य जस्ता विविध विधामा प्रतियोगिताहरू आयोजना गरिएका थिए।

उक्त कार्यक्रममा कक्षा ११ र १२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘टेक्सास आइडल’ प्रतियोगितामा हबिश भट्टराई विजेता घोषित भए ।

‘डान्सिङ स्टार’ तर्फ एकल प्रस्तुतिमा ओशिन लामा र समूहगत प्रस्तुतिमा अनुषा भुजेल तथा जीना विजयी भए ।

समापन कार्यक्रममा टेक्सस इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, सह प्रिन्सिपल युवराज बस्नेत, विभिन्न विभागीय प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।





Read More