― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsटी-२० विश्वकपमा साविक विजेता भारतको विजयी सुरुवात

टी-२० विश्वकपमा साविक विजेता भारतको विजयी सुरुवात


राष्ट्रिय

समाचार.

  • आईसीसी टी-२० विश्वकपमा भारतले अमेरिकालाई २९ रनले पराजित गरी विजयी सुरुवात गरेको छ।
  • भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले १३२ रन मात्र बनाउन सक्यो।
  • कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ८४ रन बनाएर भारतको संकटपूर्ण अवस्थामा इनिङ उकासेका थिए।

२४ माघ, मुम्बई । शनिबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपमा आयोजक तथा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ ।

भारतले अमेरिकालाई २९ रनले पराजित गरेको हो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

शुभम रन्जाने र सञ्जय कृष्णमुर्तीले समान ३७ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले २-२ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ८४ रनको शानदार पारी खेले । भारत ४६-४ अनि ७७-६ को संकटपूर्ण अवस्थामा हुँदाबाट कप्तान सूर्यकुमारले इनिङ उकासेका थिए । तिलक वर्माले २५ रन बनाए ।

अमेरिकाका लागि शाड्ली भान शाकवाइकले ४ विकेट लिँदा हर्मीत सिंहले २ विकेट लिए ।

आजै भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तथा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो ।





Read More