― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsटिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु    – KhabarHost

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु    – KhabarHost



९ मंसिर, दमौली । तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डेढगाउँबाट भिमादतर्फ आउँदै गरेको लु५२प १५२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु१क ३५९४ नम्बरको टिपर  मंगलबार ठोक्किएको थियो ।

दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।





Read More