― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsटिकटक चलाउनुहुन्छ ? थाहा पाउनुहोस् १० रोचक तथ्य – KhabarHost

टिकटक चलाउनुहुन्छ ? थाहा पाउनुहोस् १० रोचक तथ्य – KhabarHost


राष्ट्रिय

समाचार.

  • टिकटकको मासिक सक्रिय प्रयोगकर्ता संख्या दुई अर्बभन्दा बढी पुगेको छ र सन् २०२७ सम्ममा साढे दुई अर्ब पुग्ने अनुमान छ।
  • टिकटक विश्वभर चार अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको छ र सन् २०२२ मा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो।
  • टिकटकमा दैनिक एक अर्बभन्दा बढी भिडियो हेरिन्छ र १० मध्ये ९ प्रयोगकर्ताले दैनिक एप चलाउँछन्।

अहिले धेरै फोनमा पक्कै पनि एउटा एप हुन सक्छ – टिकटक । चाहे आफ्नो व्यवसायको प्रवर्धन गर्न होस् अथवा के गरिरहेको छु भन्ने सामान्य जानकारी दिन, टिकटक भरपर्दो प्लेटफर्म बन्दै गइरहेको छ । 

केही समयअघि सरकारको प्रतिबन्धमा समेत परेको यो प्लेटफर्म धेरैका लागि कमाइको माध्यम समेत बनिरहेको छ । 

टिकटकमा प्रयोगकर्ताले आफूले बनाउने कन्टेन्टको आधारमा पैसा पाउन सक्छन् । यो प्लेटफर्म नेपालमा मात्र नभएर विश्वभरी नै उत्तिकै प्रख्यात छ । 

टिकटकका केही रोचक तथ्य 

१. मासिक सक्रिय प्रयोगकर्ता दुई अर्ब माथि 

सामाजिक सञ्जालहरूको निगरानी गर्ने प्लेटफर्महरूका अनुसार हाल टिकटकको मासिक सक्रिय प्रयोगकर्ता दुई अर्बमाथि छन् । सामाजिक सञ्जालको इतिहासमा यो रेकर्ड अत्यन्तै छिटो समयमा  प्राप्त भयो ।

स्थापनाको केवल तीन वर्षमा मात्रै टिकटकले एक अर्ब प्रयोगकर्ता पाएको थियो । जब कि त्यो आँकडा पूरा गर्न फेसबुकलाई ४ वर्ष र इन्स्टाग्रामलाई ६ वर्ष लाग्यो ।

स्थापनाको केवल तीन वर्षमा मात्रै टिकटकले एक अर्ब प्रयोगकर्ता पाएको थियो । जब कि त्यो आँकडा पूरा गर्न फेसबुकलाई ४ वर्ष र इन्स्टाग्रामलाई ६ वर्ष लाग्यो ।

छोटो, मनोरञ्जनात्मक, सहज पहुँचयोग्य भिडियोका कारण टिकटकले आफ्ना प्रयोगकर्तालाई बाँधेर राख्न सक्छ ।  प्रयोगकर्ताको संख्या बढ्नुमा यही नै मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

सन् २०२७ सम्ममा टिकटकले यो आँकडा साढे दुई अर्बमाथि पुर्‍याउने बताइन्छ । 

२. चार अर्बभन्दा धेरैपटक डाउनलोड 

टिकटक प्रमुख मोबाइल अपरेटिङ सिस्टमहरू (आईओएस र एन्ड्रोइड) दुवैमा उपलब्ध छ । प्रयोगकर्ताहरूले यहीँ प्लेटफर्ममार्फत आफ्नो मोबाइल फोनमा टिकटक डाउनलोड गर्छन् ।

त्यसमा पनि टिकटकले कीर्तिमान नै राखेको छ ।

हालसम्म टिकटक सबै अपरेटिङ सिस्टमहरूमा गरेर चार अर्ब पटकभन्दा धेरै डाउनलोड गरिएको बताइन्छ । जुन कुनै पनि एपका लागि दुर्लभ उपलब्धि हो ।

अझ रोचक कुरा के छ भने सन् २०२० को दशकमा सबैभन्दा धेरै डाउनलोड गरिने एपहरूको सूचीमा टिकटक सातौँ स्थानमा परेको थियो । यसको कारण भनेको टिकटक २०१६ मा मात्र रिजिल हुनु हो ।

तर, सन् २०२२ मा टिकटक विश्वकै सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो, जुन ट्रेन्ड आजसम्म जारी छ ।

३. वयस्क उमेरका प्रयोगकर्ता

टिकटक सुरुदेखि नै वयस्क उमेरका प्रयोगकर्ताबीच लोकप्रिय बन्न गयो । जुन आजसम्म पनि कायम नै छ । तथ्याङ्कमा नै कुरा गर्दा सन् २०२२ मा मात्र अमेरिकामा २५ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्ताहरू टिकटकको कुल  प्रयोगकर्ताको २५.४ प्रतिशत थियो । 

अहिले यही उमेर समूहको प्रयोगकर्ता टिकटकमा धेरै छन् । यो उमेर समूह जो कुनै पनि विज्ञापनदाताका लागि अत्यन्तै महत्वपूर्ण उपभोक्ता वर्ग हो । त्यस्तै, यो उमेर समूहका कारण पनि नयाँ उत्पादन, सेवा, ट्रेन्ड र ब्रान्डप्रति जानकारी लिने गतिलो माध्यम टिकटक बनेको छ । 

४. ‘इन्गेजमेन्ट रेट’ सबैभन्दा उच्च 

‘इन्गेजमेन्ट रेट’ भनेको प्लेटफर्ममा प्रयोगकर्ताले कति समय बिताउँछन् भन्ने हो । अपफ्लुएन्सका तथ्यांक अनुसार टिकटकको ‘इन्गेजमेन्ट रेट’ अन्य प्रमुख सामाजिक सञ्जालहरू इन्स्टाग्राम, फेसबुक, युट्युबभन्दा धेरै गुणाले बढी छ ।

अझ टिकटकका इन्फ्लुएन्सरहरूले १८ प्रतिशतसम्म ‘इन्गेजमेन्ट रेट’ रेट पाउँछन् । जुन डिजिटल मार्केटिङका लागि असाध्यै राम्रो हो । यसकारण आजकल सानाठूला सबै ब्रान्ड टिकटकमा विज्ञापन गर्न लागि परेका छन् । 

५. दैनिक प्रयोगको समयमा निरन्तर उकालो 

उच्च ‘इन्गेजमेन्ट रेट’ हुनुका साथै टिकटकमा प्रयोगकर्ताहरू बिताउने ‍औसत समय पनि बढिरहेको तथ्याङ्कहरूले देखाउँछ । एआईमा आधारित ‘फोर यू पेज’ले प्रयोगकर्तालाई त्यस्ता कन्टेन्टहरू बढी सुझाउँछ, जुन उनको रुचिको विषय हो ।

यसकारण टिकटकको एल्गोरिदमको चर्चा विश्वभर हुने गरेको छ । किनकि टिकटकमा छोटाखालका सामग्रीहरू बढी पाइन्छन् । जुन हेर्दा छोटो देखिन्छ । तर, त्यसले थाहै नपाइ लामो समय लिइरहेको हुन्छ ।

फलस्वरूप प्रयोगकर्ताहरूले टिकटकमा बिताउने दैनिक समय पनि उकालो लागिरहेको छ । 

६. विश्वका १८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले चलाउँछन् टिकटक 

तथ्याङ्क अनुसार विश्वको कुल १८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले टिकटक चलाउने गर्छन् । जुन कुनै पनि एपले पाएकोमध्ये दुर्लभ उपलब्धि हो ।

अझ कोभिड-१९ को महामारीपश्चात टिकटकको प्रयोगकर्ता ह्वात्तै बढ्यो । मान्छेले कम समयमा मनोरञ्जन, जानकारी, समाचार र सामाजिक अन्तरक्रियाको विकल्प खोजिरहेका थिए, त्यस्तोमा टिकटकले सबै आवश्यकता पूर्ति गर्न सक्यो ।

अर्कोतर्फ, ब्रान्डहरूलाई पनि आफ्नो उत्पादन धेरै सामु पुर्‍याउनु थियो । त्यो दुवै प्रकारको आवश्यकता टिकटकले पूरा गरिदिएको छ । 

७. १ सय ५४ देशमा टिकटक 

कतिपय देशहरूमा प्रतिबन्धमा परेता पनि आजको समयमा टिकटक १५४ देशहरूमा उपलब्ध छ । छिमेकी देश भारतमा समेत टिकटक प्रतिबन्ध छ । तर, अरु देशहरूमा यो खुल्ला छ ।

अमेरिकी सरकारले आफ्नो देशमा प्रतिबन्ध लगाउन खोजे पनि प्रयोगकर्ता र टिकटकमा हुने अर्थतन्त्रका कारण त्यस्तो कदम चाल्न सकिरहेको छैन । 

८. दैनिक एप चलाउनेमा १० मध्ये ९ प्रयोगकर्ता 

टिकटक वास्तवमा नै निकै लत बसाउने खालको छ । तथ्याङ्क अनुसार टिकटकका १० मध्ये ९ प्रयोगकर्ताले दैनिक एप खोलिरहेका छन् ।

त्यसको प्रमुख कारण टिकटको एल्गोरदिम, कन्टेन्टको विविधता र ठूलो बजार नै हो । अहिले अमेरिकामा मात्र पाँच करोड बढी दैनिक सक्रिय प्रयोगकर्ता छन् । त्यसले पनि टिकटको बजार देखाउँछ ।

अर्को रोचक कुरा भनेको टिकटक खोल्ने बित्तिकै देखिने पाँच सेकेन्डका छोटा विज्ञापनहरू दैनिक लाखौँ/करोडौँ पटक देखिन्छन् ।

९. दैनिक एक अर्बभन्दा बढी भिडियो हेरिने 

फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटक जस्ता फरक-फरक सामाजिक सञ्जालमा तपाईंले कन्टेन्ट हाल्नुहुन्छ भने तपाईंले एउटा कुरा याद गर्नु भएको हुन सक्छ- त्यो टिकटकमा आउने भ्युज ।

साधारणतया ती प्लेटफर्महरूको तुलानामा टिकटकमा बढी भ्युज आउँछ । यसको कारण आज टिकटकमा दैनिक एक अर्बभन्दा धेरै पटक भिडियो देखिन्छ ।

टिकटकमा अर्को सुविधा भनेको यसमा भिडियो एडिटिङ सम्बन्धी केही जानकारी नराख्ने व्यक्तिले समेत भिडियो बनाउन सक्छ ।

त्यसका लागि टिकटकमा फिल्टर, इफेक्ट, संगीत जस्ता अनेकन् फिचर छन्, जसको प्रयोग गरेर बनाइएका भिडियोहरूमा सजिलै राम्रो संख्यामा भ्युज आउने गर्छ ।

१०. टिकटकको भिडियो युट्युबमा पनि

टिकटकको प्रभाव आफ्नै प्लेटफर्ममा मात्र सीमित छैन । यो अरु दोस्रो कम्पनीको प्लेटफर्ममा समेत फैलिएको छ । त्यसको गतिलो उदाहरण युट्युब हो ।

युट्युबमा ‘टिकटक म्यासअप’ जस्ता की वर्डहरू प्रयोग गरेर बनाइएका भिडियोहरू प्रशस्त पाइन्छन् । त्यसले पनि टिकटकको प्रभाव कस्तो रहेछ भन्ने थाहा पाउन सकिन्छ ।

अहिले त टिकटकको प्रभाव यतिसम्म देखियो कि त्यस्तै प्रकारको एपहरू प्रविधिका अन्य ठूला कम्पनीहरूले समेत बनाए । जस्तो कि, मेटाले टिकटकको जस्तै छोटो भिडियो क्लिप आउने ‘रिल्स’ बनायो ।

त्यस्तै, युट्युबले पनि उस्तै प्रकृतिको फिचर ‘सर्ट्स’ राख्न थालेको देखिन्छ । 





Read More