― Advertisement ―

MacBook Air M5 ‘विजेता डिजाइन, करीव-प्रो-लेभल कार्यसम्पादन, र ब्याट्री लाइफ’ को उत्कृष्ट मिश्रण हो – रेकर्ड-कम मूल्यमा 15-इन्च मोडेल प्राप्त गर्नुहोस्।

Apple को सबै नयाँ MacBook Air M5 गत महिना भर्खरै जारी गरिएको थियो, र data-url="https://www.techradar.com/tag/amazon" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/amazon">Amazon सँग पहिले नै धेरै असन्तुष्टि...
HomeLatest news‘टिकटकको ‘इन्फिनिट स्क्रोल’ अत्यधिक लत लाग्ने खालको छ’

‘टिकटकको ‘इन्फिनिट स्क्रोल’ अत्यधिक लत लाग्ने खालको छ’


राष्ट्रिय

समाचार.

  • युरोपेली युनियनका नियामकहरूले टिकटकको डिजाइन प्रयोगकर्तामा लत लगाउने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन्।

युरोपेली युनियनका नियामकहरूले सामाजिक सञ्जाल टिकटकको डिजाइन प्रयोगकर्तामा ‘लत’ लगाउने खालको रहेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । जारी अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नियामकहरूले टिकटकको यो स्वरूपले ‘डिजिटल सर्भिस एक्ट’ (डीएसए) को उल्लंघन गरेको आरोप लगाएका छन् ।

विशेष गरी युरोपेली युनियनले टिकटकको इन्फिनिट स्क्रोल (लगातार भिडियो आइरहने), अटो प्ले, पुस नोटिफिकेसन र प्रयोगकर्ताको रुचि अनुसारका भिडियो देखाउने ‘रिकमेन्डर सिस्टम’ माथि प्रश्न उठाएको छ । टिकटकले यस्ता सुविधाहरूबाट प्रयोगकर्ताको शारीरिक र मानसिक स्वास्थ्यमा पर्न सक्ने असर कम गर्न पर्याप्त सुरक्षा उपायहरू नअपनाएको युनियनको दाबी छ।

नयाँ सामग्रीहरू निरन्तर देखाएर टिकटकले प्रयोगकर्तालाई स्क्रोल गरिरहन उक्साने र त्यसले मस्तिष्कलाई ‘अटोपाइलट मोड’ मा लैजाने युनियनको भनाइ छ । जुन मानसिक स्वास्थ्यको दृष्टिकोणको नजरले डलरलाग्दो भएको युनियनको भनाइ छ ।

यद्यपि टिकटकले भने युनियनको दाबी गलत र आधारहीन भएको बताएको छ । अबको केही समयपछि यो अनुसन्धानको पूर्णनिष्कर्ष आउने छ । यदि यो निष्कर्ष पुष्टि भएमा टिकटकले ठूलो राशिको जरिवाना तिर्नुपर्ने छ । यसका साथै कानुनी पालनाका लागि आफ्नो एपको ‘बेसिक डिजाइन’ नै परिवर्तन गर्नुपर्नेछ ।





Read More