― Advertisement ―

LHC मा दुर्लभ कण क्षयले अनौठो व्यवहार गरिरहेको छ, र भौतिकशास्त्रीहरूले प्रश्न गर्न थालेका छन् कि तिनीहरूको सबैभन्दा विश्वसनीय सिद्धान्त हो।

एउटा दुर्लभ घटनामा सजिलै इन्कार गर्न सकिन्छ स्पष्टीकरणमानक मोडेलले यसको सबैभन्दा कठिन परीक्षणहरू मध्ये एक अन्तर्गत तनाव देखाउँछफोर-सिग्मा विसंगतिले संकेत गर्दछ कि भौतिक विज्ञानमा...
HomeLatest newsझिल्टुङ क्रस कन्ट्री दौड माघ १० मा हुने – KhabarHost

झिल्टुङ क्रस कन्ट्री दौड माघ १० मा हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नुवाकोटको बेल्कोटगढी नगरपालिकाको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ।
  • प्रतियोगितामा १० स्पर्धा हुनेछन् जसमा खुला पुरुष/महिला, भेट्रान र स्थानिय पुरुषले १३.४ किलोमिटर दौड्नेछन्।
  • दौड कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः कोल्पुटारमै आएर टुंगिने छ र करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको छ।

१६ पुस, काठमाडौं । नुवाकोटको बेल्कोटगढी नगरपालिकाको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते नुवाकोटमा हुने भएको छ ।

बेल्कोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको सहजीकरण र प्राविधिक सहयोगमा हुने प्रतियोगितामा १० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।

खुला पुरुष/महिला, पुरुष भेट्रान र स्थानिय पुरुषमा १३.४ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यसमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै स्थानीयको यू–१८ र यू–१६ छात्र/छात्रा तथा आमा/बुवा समूहको स्पर्धा पनि समावेश छन् । ४.५ किलोमिटर दूरीको हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १८ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाउने छन् । ‘वाक एन्ड टक’ विधा पनि राखिएको छ ।

पत्रकार सम्मेलनमा बेल्कोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङ र उप मेयर शिवप्रसाद दाहालले आगामी संस्करणदेखि दौडको दायरालाई अझ फराकिलो बनाउने योजना रहेको बताए ।

वडा ५ का अध्यक्ष मदन भुजेलले चर्चित खेलाडीको सहभागिताले गर्दा दौडको गरिमा अझ बढेको बताए । दौडका संस्थापक मोहन नेपालले दौडलाई सफल बनाउन स्थानियको विशेष सहयोग रहेको बताउदै दौडको सुरुआत कसरी भयो भन्ने बारे प्रकाश पारेका थिए । संस्थापक नेपालकै अग्रसरतामा दौडको सुरुआत भएको थियो ।

एथ्लेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले झिल्टुङ नेपालको कठिन दौड मध्येको एक भएको बताए । उनले दौडमा करिब ५ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको बताए ।

दौड कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः कोल्पुटारमै आएर टुंगिने छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More