― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
HomeLatest newsझापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



७ मंसिर, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय  निश्चल भुजेल घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More