― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsझापामा जलेको अवस्थामा भेटिएका ८४ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु

झापामा जलेको अवस्थामा भेटिएका ८४ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु



२९ कात्तिक, सुरुङ्गा (झापा) । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक ज्येष्ठ नागरिक जलेको अवस्थामा भेटिएका छन् ।

शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारी घरबाहिर आगनमा शरीरमा आगोले जलेको अवस्थामा फेला परेका थिए ।

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए । केही महिना अघिमात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए ।





Read More