― Advertisement ―

Claude Cowork अब उद्यम प्रयोगको लागि उपलब्ध छ, विश्लेषण, पहुँच नियन्त्रण र थप थप्छ

Claulyde कामको लागि सामान्य भुक्तानी उपलब्ध छ ग्राहकहरूइन्टरप्राइज योजनाहरूले नयाँ पहुँच नियन्त्रण, शासन र थप कुराहरू पाउँछन्Zoom ले आफ्नो AI कम्पेनियनलाई एकीकृत गर्न MCP...
HomeLatest newsझापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा

झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा


राष्ट्रिय

समाचार.

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
  • निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्डबाट जारी नक्कली १० कक्षाको प्रमाणपत्र पेस गरी २०७५ साल चैत २८ गते स्थायी शिक्षक नियुक्ति लिएको आयोगले जनाएको छ।
  • अख्तियारले निरौलामाथि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको सजाय मागसहित मुद्दा चलाएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

२६ कात्तिक, काठमाडौं । झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोग लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गेरर अध्यापन गराइरहेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएको पाइएको अख्तियारको दाबी छ ।

उनले वि.सं. २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त लिइ २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको विवरणमा उल्लेख छ ।

अनुसन्धानबाट उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा प्राथमिक तह तृतीय श्रेणीको शिक्षकका रूपमा दीर्घकालसम्म अध्यापन गर्दै तलब–भत्ता लगायतका सरकारी सुविधा लिएको प्रमाणित भएको आयोगको ठहर छ ।

निरौलाले गैरकानुनी रूपमा सेवामा सक्रिय भएर अनुचित लाभ लिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको निष्कर्ष निकालेको छ ।

निरौलामाथि कैद र जरिवानाको सजाय मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।





Read More