― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsझलनाथ खनाल – KhabarHost

झलनाथ खनाल – KhabarHost



१४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नो पार्टी नितान्त फरक कम्युनिस्ट पार्टी भएको दाबी गरेका छन् ।

आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा नीति प्रधान भएर अघि बढ्ने पनि जिकिर गरे ।

‘अब हामी नेपाली कम्युनिस्ट पार्टीमा आएका छौं । यो नितान्त फरक कम्युनिस्ट पार्टी हो । यो पार्टी अब नीति प्रधान पार्टी भएर अघि बढ्ने छ । नेता प्रधान होइन,’ खनालले भने ।

उनले नेकपा एमाले भने नेता प्रधान पार्टी भएको बताउँदै एउटै नेताको वरिपरि पार्टी घुमेको बताए ।

‘नेता प्रधान पार्टीको नमुना हेर्नुस्, नेकपा एमाले । त्यो नेकपा एमाले एउटा नेताको वरिपरि घुम्ने पार्टी बनिरहेको छ । त्यसकारण त्यस्तो पार्टीको अधोपतन अनिवार्य हुन्छ । केही क्षण मात्रै हो,’ खनालले भने ।

साथै, उनले आफ्नो पार्टी सामूहिक नेतृत्वको रुपमा विकास हुने पनि बताए ।

‘हामीले जुन पार्टी बनाउँदैछौं, नेतृत्व जुन ढंगले अघि बढ्दैछ । त्यो पार्टी सामूहिक नेतृत्वको रुपमा अघि बढ्ने पार्टीको रुपमा विकास गर्नुपर्छ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More