― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsजेलेन्स्की अमेरिका पुग्नुअघि ट्रम्प र पुटिनबीच २ घन्टा फोन वार्ता, बुडापेस्टमा भेट्ने...

जेलेन्स्की अमेरिका पुग्नुअघि ट्रम्प र पुटिनबीच २ घन्टा फोन वार्ता, बुडापेस्टमा भेट्ने सम्भावना



३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेको जानकारी दिएका छन् । ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार, यो वार्ता करिब दुई घन्टा लामो थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्किएको र त्यहाँ थप सैन्य सहायता माग्न सक्ने सम्भावनाका बीच यो संवाद भएको हो ।

ट्रम्पले आफ्नो ट्रुथ सोशल पोष्टमा लेखेका छन्, ‘पुटिनसँगको कुराकानी निकै राम्रो भयो। उनले मलाई र अमेरिकालाई मध्यपूर्वमा शान्ति ल्याउने कामका लागि बधाइ दिएका थिए।’

पुटिनले यसलाई एक पुरानो सपना पूरा भएको संज्ञा दिएका छन् । ट्रम्पले मध्यपूर्वको सफलताबाट रूस–युक्रेन युद्ध रोक्न पनि मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

अर्को हप्ता बुडापेस्टमा भेट्ने सम्भावना

पुटिनले मेलानिया ट्रम्पको प्रशंसा गर्दै उनले बालबालिकाका लागि धेरै राम्रो काम गरिरहेकी बताएको ट्रम्पले जानकारी दिएका छन् । दुवै नेताले युद्धपछि रूस र अमेरिकाबीच व्यापार लगायतका विषयमाथि पनि कुराकानी गरेका छन्।

वार्तापछि ट्रम्प र पुटिनले अर्को हप्ता वरिष्ठ अधिकारीहरूको बैठक राख्ने निर्णय गरेका छन् । अमेरिकाको तर्फबाट विदेश मन्त्रालयका अधिकारी मार्को रुबियो र केही प्रतिनिधि सहभागी हुने बताइएको छ। बैठक स्थलगत रूपमा कहाँ हुनेछ भन्ने अहिलेसम्म तय भएको छैन।

यसपछि रूस–युक्रेन युद्धलाई अन्त्य गर्ने प्रयास जारी राख्न ट्रम्प र पुटिन हंगेरीको बुडापेस्टमा पनि भेट्ने बताइएको छ ।

राम्रा हतियार माग्दै जेलेन्स्की 

जेलेन्स्कीले ट्रम्पसँग लामो दूरीका टोमहक मिसाइलहरू जस्ता उन्नत हतियार माग्ने सम्भावना छ। यी मिसाइलहरूले मस्को र अन्य ठूला रुसी शहरहरूलाई युक्रेनको आक्रमण दायरामा ल्याउन सक्ने क्षमता राख्छन्।

ट्रम्पले पुटिन वार्ता टेबलमा नआए उनी ती हतियार दिने अनुमति दिन सक्ने चेतावनी दिंदै आएका छन् ।

रूसले युक्रेनका ऊर्जा केन्द्रहरूलाई लक्षित गर्दै हमला गरिरहेकै छ । रूसले युक्रेनका ऊर्जा संरचनामाथि नयाँ किसिमका आक्रमण सुरु गरेसँगै अमेरिकाले टोमहक मिसाइल दिने छलफल सुरु गरेको हो ।

जेलेन्स्कीले बताएअनुसार बिहीबार राति मात्रै रूसले ३०० भन्दा बढी ड्रोन र ३७ मिसाइल प्रहार गरेको छ। यस जाडो मौसममा रूसले ग्यास सेवाको पूर्वाधारलाई बढी निशाना बनाएको देखिन्छ।

युद्धको चौथो वर्ष सुरु भएसँगै ऊर्जा प्रणालीमाथि भएका हमलाहरूमा वृद्धि देखिएको छ।

– एजेन्सीहरूको सहयोगमा

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More