― Advertisement ―

HomeLatest news‘जेरी अन टप’ बन्यो २०८२ सालको धेरै कमाउने नेपाली फिल्म, ‘ऊनको स्विटर’...

‘जेरी अन टप’ बन्यो २०८२ सालको धेरै कमाउने नेपाली फिल्म, ‘ऊनको स्विटर’ लाई उछिन्यो


राष्ट्रिय

समाचार.

  • फिल्म ‘जेरी अन टप’ २०८२ सालमा कात्तिकसम्म सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ।
  • ‘जेरी अन टप’ ले ११ करोड ५३ लाख नेरु ग्रस कमाएको छ, जुन ‘ऊनको स्विटर’को ११ करोड ४१ लाख नेरु ग्रसलाई उछिन्दै छ।
  • चलचित्र विकास बोर्डले यी कलेक्सनको पुष्टि गरेको छ र दुवै फिल्म प्रेमकथामा आधारित छन्।

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ २०८२ सालमा (कात्तिकसम्म) सर्वाधिक कमाउने घरेलु फिल्म बनेको छ ।

२६ बैशाखमा रिलिज भएको विपिन कार्की स्टारर ‘ऊनको स्विटर’को कूल ब्यापारलाई उछिन्दै सुयोग गुरुङ निर्देशित पर्वतीय ड्रामाले उत्कृष्ट कमाइ गरेको हो ।

शुक्रबार मध्यान्हसम्म सिनेपाः बक्सअफिसमा ‘जेरी अन टप’ को कमाइ ११ करोड ५३ लाख नेरु ग्रस छ । ‘ऊनको स्विटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख नेरु ग्रस थियो ।

चलचित्र विकास बोर्डले कलेक्सनको पुष्टि गरेको छ ।

रोचक के छ भने- यी दुवै लभस्टोरी फिल्म हुन् । यसको अर्थ, यसवर्ष दर्शकले प्रेमकथाका फिल्मलाई रुचाएका छन् ।

गरिबी, विपन्नता र अभावको ग्रामीण कथावस्तुका फिल्मको बाढी आउँदा यी दुई फिल्मले भने भिन्न सेटिङ र आञ्चलिकतामा प्रेमकथा पस्किएका थिए ।

‘जेरी अन टप’ १० करोड ग्रस कमाउने अनमोलको पहिलो फिल्म बनेको छ ।





Read More